स्याङ्जामा आगलागी हुदाँ एक जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ डाँडाखर्कस्थित आगलागी हुदाँ स्थानीय टिकाराम कुवँरको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार दिउँसो २ बजेको समयमा बारी र खरबारीमा लागेको आगो साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगलागी हुदाँ बेहोस भएका कुवँरको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
Post Views: 21