स्याङ्जामा एकैदिन ४६ जना प्रतिवादी पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सार्वजानिक अपराध अन्तर्गतका मुद्दामा विभिन्न मितिमा सुनाएको फैसलापछि फरार रहेका ४६ जना प्रतिवादी एकै दिन पक्राउ परेका छन् । स्याङ्जा प्रहरीले सुराकीको आधारमा उनीहरुलाई बुधबार विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले फरार रहेका प्रतिवादी पक्राउ गर्ने अभियान संचालन गरेको छ । सोही अभियान कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मातहतका कार्यालयवाट सादा पोसाकमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा ५ वर्षदेखी फरार रहेका प्रतिवादी रहेका छन् । फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आवश्यक कार्वाहीको लागि उपस्थित गराएको डीएसपी खनालले बताए । उनका अनुसार पक्राउ परेका ४६ जना प्रतिवादीवाट एक लाख २६ हजार ७५ रुपैयाँ राजश्व अशुल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *