स्याङ्जामा जीप दुर्घटना हुँदा ८ जना घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको आँधीखाेला गाउँपालिका-२ बेझाङस्थित भित्री सडक खण्डमा भएकाे जीप दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन् । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग. १ ज. ५७५६ नम्बरको बलेरो जिप (डबल क्याप) ब्रेक फेल हुँदा आज विहान करिव १० बजे सडकको कुना साइडकाे नालीमा पल्टिएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पाैडेलका अनुसार जीपमा सवार चालकसहित ८ जना थिए । तीमध्ये ७ जना घाईतेलाई उपचारको लागी सेतिदोभान स्वास्थ्य चौकीमा लगिएकाे थियाे । स्वास्थ्य चाैकीले सबै घाइतेकाे थप उपचारकाे लागि गण्डकी मेडिकल कलेज पाेखरा रिफर गरेकाे छ । उनीहरूकाे हातखुट्टा र टाउकाेमा चाेट लागे पनि अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार घाइते हुनेमा आँधीखोला गापा-५ का ५० वर्षिय आत्मराम सिग्देल, ८४ वर्षिया कलावती घमिरे, ३२ वर्षिया सिर्जना चापागाई रहेका छन् । यस्तै, पाेखरा-१७ छोरेपाटन बस्ने १६ वर्षिया अमना नेपाली, स्याङजाकाे अर्जुनचौपारी गापा-५ आरुचौर बस्ने ५८ वर्षिया शान्तिकुमारी सापकोटा, ६१ वर्षिय शिव सिग्देल र पोखरा-११ बस्ने मनिषा नेपाली सकुशल र उनको ३ वर्षीया छोरी सोफीया नेपाली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *