स्याङ्जामा पहिरोमा पुरिएर महिलाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

पहिरोमा पुरिएर वालिङ १४ की ४० वर्षीया धनमाया उम्राको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा आइतबार अपराह्न साढे ४ बजेतिर घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उम्राको मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी रजेन्द्र अधिकारीले जनाए ।
उनका अनुसार गुल्मीको छत्रकोट–५ की लक्ष्मी बस्नेतले सञ्चालन गर्दै आएको होटलमा बसेका बेला उनी पुरिएकी हुन् । उम्रा पूजाआजाका लागि राम्दीमा आएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । पहिरोमा पुरिएर होटल सञ्चालक ३७ वर्षीया लक्ष्मी बस्नेत, रुपन्देही सैनामैना–१ का १६ वर्षीय शिशिर योगी र पहिचान नखुलेका एकजना पुरुष गरी तीन जना घाईते भएका छन् ।

स्याङ्जाको राम्दीमा सोमबार दिउँसो आएको पहिरो । पहिरोले सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जा सडकखण्ड अवरुद्ध भएको छ । पहिरोमा परी महिलाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । तसिबर प्रतिपत्र ।

घाईतेलाई थप उपचारका लागि गल्याङस्थित नगर अस्पतालमा ल्याईदै छ । पहिरोका कारण लक्ष्मी बस्नेत र स्थानीय दीपेन्द्र श्रेष्ठको घर पूर्णरुपमा क्षति भएको छ । राम्दीमा रहेको प्रहरी चौकी र स्थानीयको सहयोगमा उद्दार कार्य जारी रहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *