स्याङ्जाको चापाकोट नगरपालिका–१ आँधीचौधेरास्थित भानु माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा खटिएका नेपाली काँग्रेस र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुदाँ मतदान रोकिएको छ । कार्यकर्ताबीच विवाद चर्किदै गएपछि प्रहरीले हवाई फायरिङ गरेको जनाएको छ । अहिले यहाँ सर्वदलीय वैठक बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार मतदान कतिबेला सुचारु हुन्छ भन्ने एकिन छैन् ।
Post Views: 19