स्याङ्जामा महिला पत्रकार सम्मानित

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली काँग्रेस स्याङ्जा पुतलीबजार नगर समितिले स्याङ्जाका क्रियाशील महिला पत्रकारलाई सम्मान गरिएको थियो । हरितालिका तीजको अवसर पारी सम्मान गरेको हो । सम्मानित हुनेमा कान्तिपुरकर्मी प्रतीक्षा काफ्लेसहित ९ जना रहेका छन् ।
प्रेस सेन्टरको केन्द्रिय सदस्यसमेत रहेकी काफ्ले पत्रकार महासँघ स्याङ्जाकी सचिव हुन् । यस्तै, नेपाल प्रेस युनियनकी पूर्व उपाध्यक्ष अनिता बिन्दु, युनियनकी केन्द्रीय उपमहासचिव दिलिपाश्री अधिकारी, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, पत्रकार महासंघ स्याङ्जाकी उपाध्यक्ष भवानी अधिकारी, नेपाल प्रेस युनियन स्याङ्जाकी उपाध्यक्ष साधना न्यौपाने, पत्रकार सरिता खनाल, आरती कुवँर र रश्मी भट्टाराई रहेका छन् । महिला पत्रकारलाई दोसल्लाह र सम्मानपत्रले सम्मान गरिएको थियो । स्याङ्जामा जन्मिएर पत्रकारिताको क्षेत्रबाट पुयाएको योग्दानको प्रशंसा गर्दै सम्मान गरिएको नगर सभापति सुरजकुमार अधिकारीले जनाए । पार्टी केन्द्रिय उपसभापति धनराज गुरुङ, केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, पार्टी जिल्ला सभापति राजु थापालगायतले सम्मान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *