स्याङ्जाली सम्पर्क सदनकाे तिहारकाे शुभकामना आदानप्रदान

Share this post :

Facebook
Twitter
WhatsApp

नजिकिदै गरेकाे दीपावलीकाे अवसर पारेर स्याङ्जाली सम्पर्क सदनले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । पाेखरा महानगरपालिका-१७ छाेरेपाटनस्थित आफ्नै भनवकाे प्राङ्गणमा शुभकामना आदानप्रदान गरेकाे हाे । स्याङ्जा घर भई पाेखरा बस्दै आएका विभिन्न क्षेत्रमा आवद्व स्याङ्जाबासीकाे याे साझा संस्था हाे । २०५३ मा स्थापित यस संस्थामा करिव एक हजार भन्दा बढी सदस्य छन् ।

शुभकामना कार्यक्रममा प्रमुख अतिथि प्रदेश लाेकसेवा आयाेगका अध्यक्ष विष्णुप्रसाद नेपालले पहिले कास्की र स्याङ्जा सम्पर्क जिल्ला भए पनि पछिल्लोसमय एकाधार जस्ता भएकाे प्रतिकृया दिए । पहिले खाली भएका गाउँ जस्तै शहर खाली हुँदै गएकाे अवस्थामा यस्ता साझा संस्थाले आफ्ना गाउँ ठाउँका व्यक्तिलाई जाेड्ने काम गर्ने बताए । उनले स्याङ्जा जन्मिएर राेजगारीकाे लागि नेपालका हरेक क्षेत्रमा पुगेकाे बताउँदै अन्यत्र जाने संख्या पनि बढ्दाे रहेकाे बताए । लाेकसेवामा काम गरेकाे अनुभव सुनाउदै पूर्व सचिवसमेत रहेका नेपालले आगामी दिनमा पछिल्लो पुस्ता बाहिरिने क्रम बढ्दाे रहेकाे बताए ।

संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठले कास्की जिल्ला हरेक क्षेत्रमा स्याङ्जालीकाे आँगन भएकाे बताउँदै यस संस्थामा स्याङ्जाका सबै व्यक्तिहरू सहभागी गराउने उदेश्य रहेकाे बताए । स्याङ्जाली हरेक क्षेत्रमा पुगेकाेप्रति उनले खुशीयाली व्यक्त गरे । कार्यक्रम संयाेजक एवं संस्थाका उपाध्यक्ष गाेविन्द काफ्लेले संस्थाकाे बारेमा जानकारी गराएका थिए । बृहत फेदीखोला पोखरा सम्पर्क समाजका अध्यक्ष जगदिश लामिछाने लगायतले शुभकामना व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *