स्याङ्जा क्षेत्र नम्बर ‘१’ मा ११ जना आकांक्षी

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जाको निर्वाचन क्षेत्र नम्बरको १ मा ११ जना आकांक्षी देखिएका छन् । सोमबार इच्छापत्र दर्ता गर्दै प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ३ गरी ११ जना आकांक्षी देखिएको स्याङ्जा काँग्रेसका प्रवक्ता भरत लम्सालले जानकारी दिए ।


प्रवक्ता लम्सालले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति राजु थापा, पार्टी केन्द्रिय उपाध्यक्ष धनराज गुरुङ, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, गोविन्द्रबहादुर रानाभाट, खुमाप्रसाद अर्याल, बुद्धिबहादुर राना, इन्द्रवहादुर गोदार र सुबोधकुमार अधिकारी रहेका छन् । यसैगरी, समानुपातिकतर्फ धनराज गुरुङ, गोपालमान श्रेष्ठ र दिर्घनारायण शर्मा रहेका छन् । गुरुङ र श्रेष्ठले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ इच्छा देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *