आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जाको निर्वाचन क्षेत्र नम्बरको १ को ‘ख’ मा १६ जना आकांक्षी देखिएका छन् । सोमबार इच्छापत्र दर्ता गर्दै प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ८ जना आकांक्षी देखिएको स्याङ्जा काँग्रेसका प्रवक्ता भरत लम्सालले बताए ।
उनले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ तुलसी गिरी, अनुप श्रेष्ठ, रामचन्द्र पौडेल, नरेन्द्रराज पौडेल, महेन्द्र थापा, पदमबन्दु पोखरेल, शिवबहादुर थापा र जगदिश पौडेल रहेका छन् भने, समानुपातिकतर्फ कुमबहादुर गुरुङ, उर्मिला गुरुङ, सुजन गहतराज, अम्बिकादेवी पौडेल, सामुहम्मद मिया“, देवेन्द्र गुरुङ, माया केसी र अमृत विक रहेका छन् ।
Post Views: 25