स्याङ्जा र बाजुरामा मतगणना सुरु गर्न आयोगको निर्देशन

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ र बाजुराको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । बुधबार दिउासो बसेको आयोगको बैठकले दुवै जिललको मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना सुरु गर्न निर्देशन दिएको छ ।
स्याङजा २ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेलगायतका राजनीतिक दलले पुनः मतदानको माग गरेका थिए भने, बाजुराको विभिन्न मतदान केन्द्रमासमेत बुथ कब्जा भएको भन्दै एमालेले नै पुन मतदानको माग गरेको थियो ।
बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एकअर्काको आरोप छ । बाजुराकै बुढीनन्दा–५ मा स्थगित मतदान भने भइसकेको छ । बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो । कांग्रेस समर्थित समूहको कुटपिटबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको ज्यान गएको थियो ।
बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको हो । स्याङ्जाको चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा ४ को राम मन्दिर मावि, वडा ५ का जनसक्रिय आधारभूत विद्यालय र दिनदलायु आधारभूत विद्यालयका सबै मतदात केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत खसालेको एमालेको दाबी छ।
चापाकोट नगरपालिका–१ को भानु मावि आँधीचौघेरा, गल्याङ नगरपालिका–७ मनहरिखर्कको मतदान केन्द्र, कालीगण्डकी गाउँपालिकाको अमरदीप मावि र कोटाकोट आधारभूत विद्यालय केन्द्रमा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ । यसअघि आयोगले विवादितमध्ये दोलखामा मात्रै पुनः मतदानको निर्णय गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *