स्याङ्जा १ मा नेपाली काँग्रेसका राजु थापा विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा विजयी भएका छन् । पराजित मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गर्दा राजुले ३१ हजार ९ सय ९९  मत प्राप्त गरेका थिए । राजु संविधानसभा सदस्य हुन् । २०७० को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा १ बाट यिनै मरासिनीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थिए । २०७४ को निर्वाचनमा पनि राजु र नारायण आमनेसामने भए । पालाको पैचोँ तिर्दै थापालाई हराएर मरासिनी विजयी भएका थिए । मरासिनी र थापा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि लगातार तेस्रोपटक प्रतिस्पर्धी भए । यसपटक भने मरासिनीले जित हाँसिल गर्न सकेनन् । ७० हजार ९ सय १३ मतमा २ हजार ३ सय १९ मत बदर भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *