स्याङ्जा १ मा राजुको सुरुवाती अग्रता

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका उम्मेदवार राजु थापाले सुरुवाती अग्रता लिएका छन् । सोमबार दिउ“सो ३ बजेबाट सुरु भएको मतगणनामा १ हजार ५ सय ९४ मत गणना हुदा“ उनले ७ सय २९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नारायणप्रसाद मरासिनीले भने ५ सय ७७ मत ल्याएका छन् । मरासिनी दोस्रो स्थानमा छन् । हाल पुतलीबजार नगरपालिका वडा नम्बर १ को मतगणना भइरहेको छ । जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको थियो । स्याङ्जामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । २ लाख ८७ हजार २०१ जनसंख्यामध्ये २ लाख ४४ हजार ८९ जना मतदाता रहेका छन् । जसमा १ लाख १९ हजार ३ सय १० पुरुष र १ लाख २३ हजार ७ सय ७८ महिला मतदाता रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *