स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा पुन मतदान गर्नुपर्ने माग गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत स्वतन्त्र उम्मेदवारले पुनः मतदानको माग गरेका हुन् । नेपाली काँग्रेसले यस क्षेत्रका विभिन्न स्थानमा रहेका बुथ कव्जा गरी एकलौटी तरिकारले मतदान गरेको भन्दै जनताले स्वंम मतदान गर्नुपर्ने मागसहित पुनः मतदानको माग गरेका हुन् । सोमबार वालिङमा संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै एमालेको तर्फवाट उम्मेदवार बनेकी पद्माकुमारी अर्यालले पुनः मतदान नहुदाँसम्म मत गणना अघि नबढ्ने बताइन् ।
Post Views: 24