समाजसेवी स्व गंगाप्रसाद शर्माको सालिक अनावरण गरिएको छ । स्याङ्जाको आँँधीखोला गाउँपालिका–५ मा शर्माको सालिक एक कार्यक्रमबीच अनावरण गरिएको उनका छोरा जयराम पौडेलले जानकारी दिए ।
१९८५ असार २४ मा जन्मिएर शर्मा आँधीखोला–५ सेतीदोभानमा ६ दशकसम्म नागरिकको औषधोपचार कार्यमा संलग्न थिए । सोही अवसरमा गंगाप्रसादको योगदानलाई चिरकालसम्म जिवन्त राख्ने उद्देश्यले उनकी धर्मपत्नी भागीरथीदेवी समेतको नाममा छोराहरूले भागीरथी गंगा कोषको स्थापना गरेको घोषणा गरेका छन् । शर्माको ९५ औं जन्मजयन्तीको अवसरमा सो भागीरथी गंगा कोषको स्थापना गरिएको हो ।
विपन्न वर्गलाई औषधी उपचारमा सहयोग गर्ने, विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तथा कल्याणकारी क्रियाकलाप संचालन गरी सामाजिक न्याय स्थापनामा सहयोग पुयाउने उद्देश्यका साथ यस कोषको स्थापना गरिएको जयरामले बताए ।
Post Views: 20