स्वास्थ्यकर्मी र राहातका सामाग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान

Share this post :

Facebook
Twitter
WhatsApp

स्वास्थ्यकर्मी र अत्यावश्यक उद्दारका सामग्री लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भूकम्प प्रभावित जिल्ला प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रस्थान गरेका हुन् । सामाग्रीसहित भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैं प्रभावित क्षेत्रका लागि गएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन् । मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुन् । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्पबाट मानवीय तथा भौतिक क्षति भएको छ । प्रधानमन्त्री सचिवालयले घाइतेको तत्काल उद्धारका लागि सुरक्षाका तीन वटै निकाय परिचालन भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *