निर्वाचन आयोगले आजदेखी आचारसंहिता हटाएको छ । मंसिर चारमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणम सम्पन्न भएसँगै आयोगले आचारसंहिता पनि हटाएको हो । चुनावका लागि असोज १२ गतेदेखी देशभर आचारसंहिता लागू गरिएको थियो ।
उक्त आचारसंहिता मंसिर २६ गते लागू नहुने भन्दै आयोगले प्रधानमन्त्री, मन्त्रालयहरु, आयोग, संवैधानिक निकायहरुमा पत्राचार गरिसकेको जनाएको छ । आयोगले निर्वाचन प्रतिवेदन एक साताभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गर्ने बताएको छ ।
Post Views: 21