हराइरहेको तारा एयरको जहाज खोज्न साेमबार विहानै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना बिहान ५ बजेबाट परिचालित भएका छन् । मानापाथी हिमालको फेदितर्फ सेना सशस्त्र र नेपाल प्रहरी परिचालित रहेका हुन् । मार्फा गाउँको पारिपट्टी ढुम्बा लेक तिर नेपालि सेना स्थलगत खटाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताएका छन् । मुस्ताङमा अाइतबार भन्दा आज मौसम झन खराबी छ । दुईवटा हेलिकप्टर स्टान्ड्बाइ राखिए पनि मौसमको खराबीले उडानमा समस्या रहेकाे बताईएकाे छ ।
Post Views: 20