हरिहर गुफामा अक्षर यात्रा

Share this post :

Facebook
Twitter
WhatsApp

जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा´ मूल मन्त्र बनाई नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १८७औं श्रृङ्खला शनिबार कास्कीकै पुरानो ऐतिहासिक धार्मिक तीर्थस्थल हरिहर गुफा सन्यास आश्रम भलाममा सम्पन्न भयो ।

अक्षरयात्रामा प्रकट पगेनी शिव, लक्ष्मण थापा, अमृत, प्रमिला पौडेल, संगीता आभास, माधव खतिवडा, दिनेश बस्नेत, जीवन पौडेल, संगम लामिछानेलगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रम हरिहर गुफा सन्यास आश्रम व्यवस्थापन समितिको स्थानीय व्यवस्थापनमा भएको थियो । कार्यक्रममा स्वामी इशानानन्दले मन्तव्य राखेका थिए । स्वामीले पोखराको मुकुट भनेर चिनीने धार्मिक स्थल ओझेल परेजस्तो देखिनु दु:खद भएको भन्दै अब कलमजिवीहरुले यो क्षेत्रको प्रचारप्रसार गर्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै अर्का वक्ता आश्रमका उपाध्यक्ष अर्जुनबहादुर क्षेत्रीले आश्रम क्षेत्र पवित्र अध्यात्मिक भूमि भएको तथा यहाँ आउने जो कोहीले पनि आत्मिक आनन्द प्राप्त गर्ने गरेको बताए ।आश्रम पृथ्वीकै भुस्वर्ग भएको भन्दै चिन्नेजान्नेहरु यहाँ आइरहेको पनि उनले बताए ।

कार्यक्रम गजल सन्ध्याका अध्यक्ष बसन्त विनोदको अध्यक्षता र सुरज उपाध्यायको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *