हावाहुरीसहित वर्षा हुने अनुमान

Share this post :

Facebook
Twitter
WhatsApp

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा दिउँसो छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानसँगै बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *