१०० किलो चिनी बरामद

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको फेदीखोला गाउँपालिका–१ पर्सेभाटीस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले १०० किलो अवैध चिनी बरामद गरेको छ । बुटवलबाट बाग्लुङतर्फ जादै गरेको ना ५ ख ६६२३ नम्बरको बस चेकजाँच गर्ने क्रममा फेदीखोला प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले आज दुई बोरा बेवारिसे चिनी फेला पारेको थियो । यस्तै, चेकजाँचकै क्रममा अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरी टोलीले ना ५ ख ६६२३, लु २ ख ५१३७, ना ४ ख ३८२८ नम्बरको सवारी साधनमा २ सय ५० केजी अर्थात ५ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *