केही समयअघि एम्बुलेन्सकाे हटलाइ पैसा नलाग्ने नम्बर १०२ मा फाेन लाग्थेन । नेपाल टेलिकम र व्यवस्थापन प्रणालीमा विभिन्न समस्या आएको कारण जनताले चाहेको जस्तो सेवा पाएका थिएनन् ।
एम्बुलेन्सकाे निशुल्क हटलाईन नम्बर १०२ मंगलबार देखि संचालनमा आएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ मन्त्रालयकाे स्वामित्वमा रहेर उक्त सेवा संचालनमा आएको हाे । उक्त सेवाको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिखडाले १०२ फाेन गरेर गण्डकी प्रदेश भरिएका जनताले सेवा सुबिधा लिन सक्ने जानकारी दिईन ।
स्वास्थ्य मन्त्रालयले प्राथमिकताका साथ याे सेवा संचालन आएको हाे । अहिले गण्डकी प्रदेशमा क र ख वर्ग गरि २ वटा वर्ग विभाजन गरेर एम्बुलेन्स संचालनमा ल्याईएकाे छ । क वर्गको एम्बुलेन्समा आइसियू सहितको सेवा हुनेछ । ख वर्गको एम्बुलेन्समा तालिम सहितको स्वास्थकर्मी हुनेछन् ।
हाल गण्डकी प्रदेशमा विभिन्न संस्थासंग आवद्व १ सय २२ एम्बुलेन्स छन् । ति मध्ये ३८ वटा निरन्तर १०२ काे सम्पर्कमा रहेका हुन्छन् । अन्यमा जिपिएस जडान गरेर १०२ सेवा जाेड्ने प्रकृया अघि बढिरहेको डाक्टर नारायण श्रेष्ठले जानकारी दिए ।
हटलाईन शाखामा अहिले जनशक्ति कम भएको कारण केही समस्या आएको र अबको केही समयमा जनशक्ति थपेर समस्याको समाधान गर्ने श्रेष्ठले जानकारी दिए । मन्त्रालयका स्वास्थ्य सचिव विनोदबिन्दु शर्माले पछिल्लो समयमा उक्त सेवालाई अझै प्रभावकारी बनाउदै लैजान सकिने बताए ।