संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षको उमेरमा आज विहान उनको निधन भएको बताइएको । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारको क्रममा विहान ७ बजेर ९ मिनेट जादा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाए ।
अस्पतालका अनुसार जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ देखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिँदै थियो ।
जोशीलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।
Post Views: 21