१० अर्ब आन्तरिक ऋण उठाइने

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्र वैंकले ८ वर्ष अवधिको १० अर्व रुपैयाँ बराबरको ऋण उठाउने भएको छ । सरकारको तर्फबाट बैंकले ऋण उठाउने भएको हो । आइतबार ८ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ ।
विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्कासन हुनेछ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *