पहिलोपटक अन्तर्राष्ट्रिय उडान गरेको चीनको सिचुवान एयरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान गरेकाे छ । नेपाल र चीनबिचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित २४ कात्तिकमा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आएका हुन् ।
चाइनाको कुनमिङ विमानस्थलबाट एयर बस ३१९ विमान दिउँसो २ बजेर ४० मिनेट जाँदा पोखरामा अवतरण गरेकाे हाे ।
Post Views: 37