१६ देशका भूगर्भविद पोखरामा भेला भएका छन् । अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक सम्मेलन ३५ औं हिमालय–काराकोरम–तिब्बत वर्कसपमा सहभागी हुन उनीहरु पोखरा आएका हुन् । अमेरिकामा भएको ३४ औं सम्मेलनले ३५ औं सम्मेलन नेपालमा गर्ने निर्णय गरेको थियो । पोखरा महानगर–१७ ग्राण्डीमा कार्तिक १६ देखी १८ गतेसम्म सम्मेलन चल्नेछ ।
उक्त सम्मेलन सन् २०२१ मा हुने भनिएको थियो तर, कोरोनाका कारण एक वर्ष ढिला हुन पुगेको हो । सम्मेलनमा १ सय ५० भन्दा बढी कार्यपत्र प्रस्तुति र १२ वटा विशेष बहसमूलक कार्यक्रम सम्मेलनमा कन्भेनर डाक्टर कविराज पौड्यालले जानकारी दिए । सम्मेलनमा स्वदेशी, विदेशी गरी ३ सय भन्दा बढीको सहभागिता हुने पौड्यालले बताए । नेपालमा नेपाल भौगर्भिक समाजले २ पटक सम्मेलन आयोजना गरिसकेको छ । सन् १९९४ र सन् २०१२ मा २७ औं हिमालय–कारकोरम तिब्बत कार्यशाला आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिसकेको हो ।
