पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यस्तै २४ घण्टाको अवधिमा ११ हजार ४०३ जनामा कोरोना परीक्षण हुँदा ३१५ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २०१ जना संक्रमणमुक्त बनेका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७ हजार ४५ जना रहेका छन ।
हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ९४९ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५४६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ३६९ जनामा संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
Post Views: 29