पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दामा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको छ ।
कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७० जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९४५ पुगेको छ भने नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ। ९ लाख ६६ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।
Post Views: 21