२४ वर्षमा यती समूहको १३ औं हवाई दुर्घटना

Share this post :

Facebook
Twitter
WhatsApp

जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान घटना यती समूहको २४ वर्षयता भएको १३ औं हवाई दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्षयता भएका आइतबारको दुर्घटनासमेतलाई जोड्दा नेपाली आकाशमा १ सय ८ वटा हवाई दुर्घटना भएका छन् ।
दुईवटा टुइनअटर विमानबाट ०५५ जेठमा स्थापना भएको यती एयरलायन्सले २४ वर्षयता आफ्ना दुई जना सञ्चालक दाजुभाइसहित १३ वटा हवाई दुर्घटनामा चालकदलका सदस्य र यात्रुसहित ९७ यात्रु गुमाएको छ ।
हरेक करिब दुई वर्षमा एउटा हवाई दुर्घटना बेहोर्नु परेपछि यतीले दुर्गम उडानका लागि १३ वर्षअघि छुट्टै कम्पनी स्थापना गर्‍यो । र, नाम दियो, तारा एयर । तर, तारा स्थापना भएयता ६ वटा दुर्घटना तारा एयरकै हवाई दुर्घटना भइसकेका छन् । यो आँकडा हेर्दा हरेक दुई वर्षमा एउटा दुर्घटना भएको देखिन्छ । २४ वर्षयता यती र दुर्गम उडानका लागि स्थापना गरिएको सहायक कम्पनी तारा एयरसमेत गरी पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाको कम्पनीले १३ वटा हवाई दुर्घटना बेहोरिसकेको छ ।
कुल १३ वटा घटनामा यती समूहले आफ्नै कम्पनीका विमानमा मानवीय क्षति भएका ६ वटा दुर्घटना बेहोरिसकेको छ । यसमा तीनवटा तारा र तीनवटा यतीसँग सम्बन्धित छन् । बाँकी ७ वटा घटनामा यात्रु घाइते भएपनि कुनै मानवीय क्षति भने हुन पाएन । कुल १३ वटा घटनामा दुर्गम तथा हिमाली भेगमा मात्रै यो समूहले ११ वटा घटना बेहोरिसकेको छ । अधिकांश दुर्घटनामा यती समूहले वरिष्ठ तथा विज्ञ पाइलटहरू गुमाएको तथ्यांकमा देखिन्छ ।
प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट–२०२१ का अनुसार, २०१२ सालदेखि ०७६ चैत्रसम्म नेपालमा भएका १ सय ७ हवाई दुर्घटनामा अल्ट्रालाइट वायुयान ३, एकल इन्जिनयुक्त विमान ८, विदेशी वायुसेवाका ९, हेलिकप्टर ३६ र मल्टी इन्जिनयुक्त विमानसँग सम्बन्धित ५१ वटा दुर्घटना भए । यीमध्ये दुर्गम भेग उडानमा चार दशकदेखि नेपालमा प्रख्यात क्यानेडियन ट्विनओटर विमानमात्रै २४ वटा दुर्घटनामा परिसकेका छन् । जसमा ९ वटा घटनमा यती तथा ताराका नामले उडाइएका ट्विनओटर विमान परेका छन् ।
०४१ सालयता ट्विनओटर दुर्घटनामामात्रै १ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् । मुस्ताङ क्षेत्रमा ताराको यो दोस्रो ठूलो दुर्घटना हो । ६ वर्षअघि ताराले आधुनिक ब्रान्ड–न्यू ट्विनओटर म्याग्दीको दानामा दुर्घटना हुँदा चालकदलसहित २३ जनाको मृत्यु भएको थियो । यस कम्पनीले बेहोरेको १३ वटा हवाई दुर्घटनामा आइतबार मुस्ताङको सानोसरे भीरमा भएको दोस्रो ठूलो दुर्घटना हो । प्रारम्भिक अनुमानअनुसार, यो दुर्घटना हुनुमा ‘हुयुमन इरर’ भनिएको छ । दुर्गम उडानमा ताराको नाममा ४ वटा ट्विनओटर सुगम उडानमा यतीको नाममा ५ वटा एटीआर विमान भएको यो कम्पनीसँग अब ८ वटा विमान बाँकी रहेका छन् । कान्तिपुरबाट….

Leave a Reply

Your email address will not be published. Required fields are marked *