३४ हजार मतान्तरसहित रवि लामिछाने निर्वाचित

Share this post :

Facebook
Twitter
WhatsApp

३४ हजार १ सय ७० फराकिलाे मतान्तरसहित चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वि सत्तारूढ गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । एमाले उम्मेदवार कृष्णभक्त पाेखरेलको १४ हजार ६४९ मत आएको छ ।

चितवन-२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएकाे मतदानमा ८४ हजार ३१५ मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *