आज (शुक्रबार) सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हो । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ यसपटकको चन्द्रग्रहण ३ घण्टा २८ मिनेटको हुनेछ र जुन ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण हो । नेपाली समय अनुसार यो ग्रहण दिउँसो हुनेछ, त्यसैले यो नेपालमा देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपाली आकाशबाट ग्रहण नदेखिने हुनाले ग्रहण बार्नु पर्दैन । नेपाली समयानुसार दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने छ ।
जहाँबाट चन्द्रग्रहण देखिँदैन त्यहाँ सुतक पनि रहनेछैन,र यो ग्रहको धार्मिक मान्यता पनि हुनेछैन । जहाँ जहाँ चन्द्र ग्रहण देखिनेछ, ती क्षेत्रमा मात्रै सुतकजस्ता धार्मिक मान्यता हुनेछ ।
Post Views: 38