७५० मिटर लामो सिँचाई कुलो निर्माण

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको वालिङ नगरपालिका–७ भोटेखोरिया बाहुनधारा सिञ्चाई पक्की कुलो निर्माण गरिएको छ । वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कुलो निर्माण गरिएको हो । गत माघ १० बाट उपभोक्ता समिति र स्थानीयको जनश्रमदानमा निर्माण शुरु गरिएको उक्त योजना गत बिहीबार निर्माण सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएको कूलोको नगर प्रमुख दिलीपप्रताप खाँणले अनुगमन तथा अवलोकन गर्दै यहाँका किसानलाई उत्पादनसँग जोड्नका लागि निक्कै महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । उनले उपभोक्ता समिति र स्थानीयको जनश्रमदानबाट निक्कै राम्रो काम भएको छ अब यसको संरक्षण र मर्मतका लागि पनि नगरपालिकाले यसै समितिमार्फत काम अगाडि बढाउने बताए ।
वालिङ नपाबाट ३ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ७ लाख ५२ हजार गरी कूल १० लाख ५२ हजार रकम विनियोजन भएको थियो । ५ सय ५० मिटर नयाँ निर्माण गरिएको हो भने २ सय मिटर पुरानोलाई मर्मत गरिएको उक्त कुलो कूल ७ सय ५० मिटर लम्बाईको छ । उक्त कुलो निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै २६ घरधुरीका नागरिकले खेती गर्दै आएको जमिनमा सिञ्चाईको सहजता हुने समितिका अध्यक्ष टेकबहादुर सार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *