९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

९ केजी सुनसहित क्यानडेली नागरिक मोहमद कमल मोहगो पक्राउ परेका छन् । बुधबार राती विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट उनलाई पक्राउ गरेको हो । दुबईबाट जहाजमा आएका युएई मूलका मोहगोबले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए ।
उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको बताइएको छ । सुन भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाइँदै आइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *