नेपाल राष्ट्र वैंकको तथ्यांक अनुसार नेपालमा ९ महिनामा १० खर्व रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म १० खर्व ८२ अर्व ६२ करोड रुपैयाँ भित्रिएको वैंकले जनाएका छ । १९.८ प्रतिशतले बृद्धि भएको तथ्यांकमा उल्लेख छ ।
गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति गत चैत मसान्त सम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । वैंकका अनुसार विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने छ ।
यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ र चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोड बचतमा रहेको छ ।
यसैगरी, चैतसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख २९ हजार चार सय २२ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार सात सय २१ रहेको राष्ट्र बैंकले जनाएको छ ।
