९ वाणिज्य बैंकलाई कारबाही

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्र वैंकले नौ वटा बाणिज्य बैंकलाई कारबाही गरेको छ । कारबाहीमा परेका वाणिज्य बैंकमध्ये तत्कालीन सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभुमा गाभिएको) रहेको छ । यसलाई २ करोड ८४ लाख रुपैयाँ जरिवाना गरिएको छ । साउन र भदौमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति सुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेकोमा १० लाख रुपैयाँ जरिवाना गरेको छ । साउनमा कर्जा निक्षेप अनुपात कायम नगरेको नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ जरिवाना गरिएको छ । साउन, भदौ र असोजमा सो अनुपात कायम नगरेको नबिल बैंकलाई ६ करोड ४६ लाख जरिवाना गरिएको छ ।
भदौ र असोमा ग्लोबल आईएमई बैंकले सो अनुपात कायम नगर्दा ४ करोड ४२ लाख रुपैयाँ जरिवाना गरिएको छ भने सोही प्रकृतिको कारबाहीमा कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रुपैयाँ तथा हिमालयन बैंकलाई ७१ लाख ७२ हजार रुपैयाँ बराबर जरिवाना गरिएको छ ।
तत्कालीन एनसीसी (हाल कुमारीमा गाभिएको) र कुमारी बैंकलाई भने सचेत गराइएको छ ।
साउनदेखि चैत मसान्तसम्म ९ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन् । राष्ट्र बैंकका अनुसार कुमारीले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुनेगरी गरेको र तत्कालीन एनसीसीले सहुलियतपूर्ण कर्जासम्बन्धी एकीकृत कार्यविधिविपरित एकै समूहलाई एकभन्दा बढी सहुलियत कर्जा प्रवाह गरेका थिए । तत्कालीन एनसीसीका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारभन्दा बाहिर गई कर्जा स्वीकृत गरेको भन्दै ५ लाख जरिवाना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *