स्याङ्जामा ‘जनतासँग काँग्रेस’ अभियान

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गर्दै स्याङ्जा काँग्रेसले ‘जनतासँग काँग्रेस’ अभियान शुरु गरेको छ । केन्द्रिय पार्टी कार्यालयको निर्देशनमा चुनावलक्षित अभियान शुरु गरिएको स्याङ्जाका काँग्रेस जिल्ला सभापति राजु थापाले बताए । भदौ १० बाट शुरु भएको अभियान २५ सम्म जारी रहनेछ । यस अवधिमा काँग्रेस जनताका घरदैलोमा पुग्नेछ ।
केन्द्रवाट जिल्लामा खटाइएका चिनकाजी श्रेष्ठले विभिन्न प्रशिक्षण र कार्यक्रम आयोजना गने बताए । जिल्ला सदरमुकामबाट शुरु गरिएको अभियान अहिले क्षेत्र नम्बर दुईमा चलाइएको जिल्ला पार्टी प्रवक्ता भरत लम्सालले जानकारी दिए । काँग्रेस केन्द्रिय उपसभापति धनराज गुरुङले काँग्रेस पदमा अल्झिएर बस्न नहुने बताए । ठुलो लक्ष्यका साथ जनताको घरदैलोमा जानुपर्ने भन्दै उनले काँग्रेस के हो भनेर जनतालाई बुझाउनुपर्ने बेला आएको बताए । मुलुकमा विगतको निरङकुशता जतिबेला पनि देखिन सक्ने हुनाले निरङकुशताका विरुद्ध काँग्रेस सधैं सचेत हुनुपर्ने उनको तर्क छ । सभापति थापाले स्याङ्जामा काँग्रेस एकताबद्ध रहेको र निर्वाचनमा काँग्रेसले विजय प्राप्त गर्ने बताए । उनले पार्टी केन्द्रिय निर्देशन अनुसार गठबन्धनसँग मिलेर नै चुनाव लड्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *