दीपक मनाङे निर्विरोध निर्वाचित

Share this post :

Facebook
Twitter
WhatsApp

राजीव गुरुङ भनेर चिनिने दीपक मनाङ् मनाङ प्रदेश २ वाट निर्विरोध निर्वाचित भएका छन् । मनाङले स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् । मनाङे गण्डकी प्रदेश सरकारका वाहालवाला युवा तथा खेलकुद मन्त्री हुन् ।
दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका थिए । मुख्य निर्वाचन कार्यालयका अनुसार दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि मनाङेको एकल उम्मेदवारी रहने र उनीविरुद्ध दाबीविरोध नपरेपछि एकल उम्मेदवारी रहने भएकाले निर्विरोध हुनेछन् । १ बजे पछि मात्र औपचारिक रुप्मा जानकारी गराउने निर्वाचन कार्यालयले जनाएको छ ।
मनाङे गण्डकी प्रदेशमा मन्त्री रहे पनि सत्ता गठबन्धन छोडिसकेको बताउँदै आएका छन् । डेंगु संक्रमित मनाङे भने उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *