राजिव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीका प्रवेश गरेका छन् । मनाङ प्रदेशसभा २ बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङे सोमबार समाजवादीमा प्रवेश गरेका हुन् । अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र निर्वाचित उनी नेकपा एमालेमा रहेका थिए । त्यसपछि पुनः स्वतन्त्र बसेका मनाङे स्वतन्त्र निर्वाचित भएका हुन् ।
एमालेबाट गण्डकी प्रदेश सरकारमा मन्त्रीसमेत बनिसकेका गुरुङले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ (किसान) लगायत नेताहरूसँगको सामूहिक तस्बिर सार्वजनिक गर्दै आफू उक्त पार्टीमा प्रवेश गरेको बताएका छन् ।
सार्वजनिक तस्बिरमा माला लगाएका मनाङे अध्यक्ष नेपालसँग हात मिलाउँदै गरेको अवस्थामा देखिएका छन् । उनले आफू उक्त पार्टीमा प्रवेश गर्नुको कारण समेत उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन् । दुई पटक गण्डकीको युवा तथा खेलकुद मन्त्री बनिसकेका छन् ।
