प्रदेशमा हस्तान्तरण भैसकेको योजना संघमै फिर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–६ स्थित फिर्केखोला तटिय क्षेत्र तथा फेवाताल संगममा जम्मा भएको माटो झिक्न जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीले ठेक्का सम्झौता गरि कार्यान्वयन तयारीमा छ । यस्तै, पोखरा–२३ बाम्दीस्थित फेवातालको माटो झिक्ने कार्यलाई पनि ठेक्का गरिसकेको छ भने, पोखरा–३१ स्याङखुदीस्थित बेगनास तालको माटो झिक्ने कार्यलाई पनि ठेक्का गरिएको थियो ।
फिर्केखोला र स्याङखुदीको लागि कार्यालयले पेश्की रकम दिइसकेको छ । वाम्दीको लागि दिने क्रममा रहेको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले बताए । यस्तै, स्याङ्जाको अर्जुनचौपारीदेखी जुकेडाँडा सडक, कृषि सेवा केन्द्रदेखी दौ ठाँटी सडक, चिन्नेबास–लाम्केथुम्की सडकको ठेक्का सम्झौता भई कार्यान्वयन चरणमा छन् । संघिय अर्थ मन्त्रालयले उक्त योजनाको बजेट काँटिदिएको छ । जसले गर्दा ठेक्का सम्झौता भई कार्यान्वयनमा अघि बढेका यी योजना अलपत्र हुन पुगेका छन् ।
संघ सरकारले प्रदेश सरकारमा हस्तान्तरण गरिकेका योजनालाई पुनः संघ सरकारकै माताहत संचालन गर्ने निर्णय गरेको छ । संघको सशर्त अनुदानमा प्रदेशबाट ठेक्का सम्झौता भई क्रममागत कार्यान्वायनमा रहेका नदी नियन्त्रण तथा व्यवस्थापन, सतह तथा लिफ्ट सिंचाई प्रणाली, पहिरो व्यवस्थापन, बस्ती विकास, वैकल्पिक सहायक राजमार्ग, खानेपानी, सघन शहरी विकास र यसका लागि आवश्यक अध्ययन अनुसान्धान लगायतका योजनाहरु संघबाटै संचालन गर्ने निर्णय गरेको हो । २०७९ भदौ २१ गते नै मन्त्री परिषदबाट निर्णय गरी यस्ता योजना संघको जलस्रोत तथा सिंचाई विभाग र भौतिक पूर्वाधार विभाग अन्तर्गतका विभिन्न आयोजना तथा कार्यालयमार्फत कार्यान्वायन गर्न अर्थ मन्त्रालयबाट बजेटसमेत सुनिश्चित गरिएको श्रोतले जनाएको छ ।
संघ सरकारले गरेको यो निर्णय संघै संघ र प्रदेशबीच योजना कार्यान्वयनमा देखिएका हानाथाफ सतहमा आएको श्रोतले जनाएको छ । संघले तानेका गण्डकी प्रदेशमा ३ सय ४६ योजना प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय र उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय माताहतका कार्यालयबाट कार्यान्वायनमा छन् । भौतिक मन्त्रालय अन्तर्गत सघन शहरी विकास कार्यक्रमका ३९, वस्ती विकास कार्यक्रमका ३६ र वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत १०१ वटा योजना रहेको भौतिक मन्त्रालयका सचिव गणेशराज वस्तीले बताए । सचिव वस्तीका अनुसार सडकका ५ वटा योजना स्याङ्जामा ठेक्का सम्झौता भई कार्यान्वयनको लागि अगाडि बढिसकेका छन् । भौतिक मन्त्रालय अन्तर्गतका १ सय ७६ योजनाको लागि सशर्त अनुदानमा १ अर्व ४० करोड ७ लाख रुपैयाँ प्राप्त भएको थियो । सो मध्ये १५ हजार रुपैया“ खर्च भएको छ । बाँकी रकम संघले फिर्ता लगेको प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ ।
यसैगरी, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी सेवा विस्तार तथा पुनस्थापना कार्यक्रमका ६९, नदी नियन्त्रणका ५९ र एकीकृत उर्जा तथा सिँचाई विशेष कार्यक्रमका ४२ गरी १ सय ७० वटा योजना छन् । यी योजना कार्यान्वयनको लागि संघले उर्जा मन्त्रालयलाई ५९ करोड २० लाख बजेट दिएको थियो । दुई मन्त्रालयमा १ अर्व ९९ करोड २७ लाख रुपैयाँ सशर्त अनुदान आएकोमध्ये ३ करोड ४४ लाख ९९ हजार खर्च भइसकेको र १ अर्व ९५ करोड ८२ लाख १ हजार रुपैयाँ फिर्ता गएको प्रदेश अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार गत कातिक १५ गते प्रदेश अर्थ मन्त्रालयलाई संघिय अर्थ मन्त्रालयले पत्राचार गरेको थियो । प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले चालु आर्थिक वर्ष (२०७९÷८०) मा कार्यान्वयन गर्न संघ सरकारले दिएका नदी नियन्त्रणका योजना अन्तर्गत ३९ वटा योजनाको ठेक्का सम्झौता भइसकेको बताए । नदी नियन्त्रणको कार्यक्रमका लागि ३६ करोड ३५ लाखमध्ये १९ करोड फिर्ता लगेको बताउदै उनले भने, ‘खानेपानी र एकीकृत उर्जाका कार्यक्रम ठेक्का भइसकेका थिएनन् । यिनको बजेट फिर्ता लगे पनि त्यति असर पर्दैन् । तर, नदी नियन्त्रणका योजनामा बढी असर पर्ने भयो ।’ उनले एलएमबीआइएसमासमेत योजना फिर्ता गर्न लागेको सूचना प्राप्त भएको बताएका छन् । नदी नियन्त्रणका योजनामा ६ करोड २७ लाख ५० हजारको सम्झौता भएको छ ।
हालसम्म ३ करोड १४ लाख ७० हजार खर्च भइसकेको उर्जा मन्त्रालयले जनाएको छ । ‘ठेक्का सम्झौता भई कार्यान्वयनका चरणमा पुगेका योजनालाई कसरी काम गर्ने ? प्रदेशसँग बजेट छैन, संघले नदिने’ सचिव कैनीले भने, कुल योजनामध्ये ४ वटा योजनाको निर्माण कार्य सम्पन्न भइसकेका छन् ।’ संघिय विनियोजन ऐनमा २ करोड भन्दा साना योजना प्रदेशबाटै कार्यान्वयन गर्ने व्यवस्था छ । सोही ऐनलाई आधार मानि प्रदेशलाई दिएका ३ सय ४६ योजना गण्डकी प्रदेशका ११ वटै जिल्लामा बजेट र योजना बाँडिएको दुवै मन्त्रालयले जनाएका छन् । प्रदेश लेखा नियन्त्रक कार्यालका प्रमुख केशव ढकालका अनुसार संघिय सरकारले बजेट भाषणमा २ अर्वको हाराहारीमा गण्डकी प्रदेशका भौतिक र उर्जा मन्त्रालयलाई ससर्त अनुदान दिने सम्बोधन गरेको थियो । सोही रकम अन्तर्गत दुवै मन्त्रालयमार्फत कार्यान्वयन भएका योजना आफैले फिर्ता लगेको उनले बताए । उनले अर्थ मन्त्रालयले बजेट रोक लगाएपछि आफूहरुले पनि बजेट रोक्नुपर्ने बताए । यता, मन्त्रालयहरुले दायीत्व सिर्जना भएका योजनामा बजेट दिन्न भन्न नमिल्ने भन्दै आपति जनाएका छन् ।
प्रदेश उर्जा सचिव कैनीका अनुसार सम्झौता भई कार्यान्वयनमा गएका सवै योजना संघले नै हेर्नुपर्छ । ‘संघले सवै योजना हेरेमा हामीलाई आपत्ति छैन, हामी योजनाका सवै फाइल संघमा नै बुझाउछौ’ उनले भने । जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशीलचन्द्र अर्यालले योजना अलपत्र नपर्ने बताउँदै कार्यान्वयनमा निरन्तरता पाउने बताए । ‘सालवसाली योजना केन्द्रले नै व्यवस्थापन गर्छ, प्रदेशले नबुझ्दा समस्या भएको हो’ उनले भने । अर्यालले योजना कार्यान्वयनका लागि बजेटमा कुनै समस्या नहुदै बताएका छन् । प्रदेशका भौतिक सचिव वस्तीले भने, ‘योजनाको काम कहाँ पुगेको छ बुझेर मात्र निर्णय गर्नुपथ्र्यो । संघ दव्दवा, एकलौटी निर्णयको असर जनतामा पर्ने भयो । संघियतामा स्थानीय तहलाई दिनुपर्ने योजना प्रदेशले कार्यान्वयन गर्दा पनि पुनः संघमा नै फिर्ता लानु भनेको हस्तक्षेप गर्नु हो ।’ उनले मन्त्री परिवर्तनको असर पनि हुन सक्ने आकलन गरे । ‘यो निर्णय पुरानै पो हो की’ उनले भने । कार्यान्वयनमा पुगेका योजना अचानक रोकिदा जनतालाई बुझाउन समस्या हुने सि“चाई कास्कीका प्रमुख आचार्य बताउँछन् । ‘चुनावअघिकै निर्णय भए पनि हामीले जनतालाई बुझाएनौ’ उनले भने, ‘अहिले बुझाउन खोज्दा कर्मचारी र निर्माण कम्पनीप्रति नै प्रश्न उठेको छ ।’ उनले संघियतामा संघीय सरकारले गर्ने हस्तक्षेपको प्रत्यक्ष असर जनतामा पर्ने बताएका छन् ।
योजना कार्यान्वयनको लागि सिंहदरबार धाउदै सचिव 
उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनी यतिबेला सिंहदरबारका मन्त्रालय चारिहरेका छन् । संघ र प्रदेश सरकारको समन्वय गर्दै ठेक्का सम्झौतामा गएका योजना कार्यान्वयनको लागि उनी बजेट व्यवस्थापन गर्न काठमाडौं पुगेका हुन् । मंसिर २३ मा काठमाडौ पुगेका उनी उर्जा मन्त्रालय, अर्थ मन्त्रालयमा विभिन्न चरणका छलफलमा व्यस्त छन् ।
ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव केशबकुमार शर्मा, मन्त्रालयकै कार्यक्रम महाशाखा प्रमुख कृष्ण नेपाल, जलश्रोत तथा सिन्चाइँ बिभागका योजना महाशाखा प्रमुख रुक्मागत खनाल र अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बूढासँग विभिन्न चरणमा छलफल गरिएको प्रदेश उर्जा सचिव कैनीले बताए । ‘दायित्व सिर्जना भएका योजनाको बिवरणसहित आवश्यक बजेटको लागी अर्थ मन्त्रालय र ऊर्जा, जलश्रोत तथा सिंचाई मंत्रालयमा पठाऊने जानकारी दिनुभएको छ’ उनले भने,‘यी योजना सम्बोधन गर्न सकरात्मक हुनुहुन्छ । केन्द्रिय सरकारले कसरी ब्यवस्थापन गर्छ हेर्न बा“की छ । त्यसपछि हामी सवै फाइल केन्द्रमै पठाउँछौ ।’ कान्तिपुरबाट..

Leave a Reply

Your email address will not be published. Required fields are marked *