आ… ल यता आइजो । चिसो छा । तात्तातो पानी खाने हो ? बसम् बसम्… । आगो ताप्ने हो भने माथि छा, डान्स गर्नेलाई तल हाल छ । खानपीनमा रमाउनुपर्छ हाई । घोडेपानी आइपुुगेपछि मज्जा लिने हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी पुग्दा सुनिने आजाव हो यो । यहाँ पुग्ने पर्यटकलाई गुन्द्रीले स्वागत गर्दै भनिहाल्छन्, ‘बसम् बसम’ । उमेरले ६९ पुगे पनि उनको खटाई भने युवाको भन्दा कम थिएन् । घर–गाउँमा आउने पर्यटकका लागि उनी रातभरी खटिएका हुन्छन् । सिरसिर चल्ने चिसो हावामा आत्तिएका पर्यटक उनलाई देखेपछि उनैसँग गफिन थाल्छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका ६९ वर्षिय डम्बरबहादुर गर्बुजा पुन ‘क्याप्टेन बा’ सवैका प्ररेणक हुन् । यहाँ पुग्ने जोकोही पर्यटक पनि पहिला क्याप्टेन बाको घर कुन हो भन्दै सोध्ने गर्छन् । उनी घोडेपानी–पुनहिल आउने पाहुनालाई क्याप्टेन बाले आफ्नो घरमा मात्रै राख्दैनन् । गाउँका अन्य होटलमा पनि बाड्ने गर्छन् । भन्छन्, ‘गाउँ बसेपछि सवैलाई मिलाएर लानुपर्छ ।’
क्याप्टेन बा भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त हुन् । २०११ सालमा खिमाङ (घारा) मा जन्मिएका पुन सन् १९७२ मा भारतीय सेनामा भर्ति भएका थिए । गाउँको दुःख, पढ्ने वातावरण पनि नहुने, परिवारको आर्थिक अवस्था कमजोर भएपछि १४ वर्षको उमेरमा पुन वोइज ग्रुुप (देशी पल्टन) मा भर्ति भए । भर्ति भए पनि पढ्न र खेल्न पाइन्छ भनेपछि सानै उमेरमा भर्ति हुन गएको अनुभव उनको छ । पल्टनमा रातभरी डियूटी गर्नुपर्ने । पल्टनमा दुःख धेरै भएपछि उनी खेलतर्फ लागे । गाउँमा हँुदा भलिवल, फुटवल खेल्ने उनी सेना भएपछि बक्सिङ, स्वीमिङ खेल्न थाले । भन्छन, ‘स्वीमिङमा डाइमिङ स्प्रिङ बोट डाइविङ थ्रि मिटरबाट खेल्ने सिके ।’ त्यसपछि उनको यात्रा खेलतर्फ मोडियो । उनी भारतीय सेनाको (विभागीय टोली) टीमबाट विभिन्न देशमा हुने प्रतियोगितामा भाग लिन थाले ।
सन् १९७३ मा जुनियर नेशनल गेममा सहभागी भए । गोल्ड मेडल प्राप्त पाए । ब्रउन्च (गोल्ड सिल्भर ब्रउन्ज तेस्रो नम्बरको) मेडल पाएपछि उनी लगातार खेल्न थालेको बताउँछन् । सन् १९८६ सम्म इण्डियामा नै गेम खेले । त्यस अवधिमा १० वटा गोल्ड मेडल हात पारे । त्यसपछि आर्मीको सर्वेसि» चेम्पेनसीपमा १२ वटा मेडल जिते । सन् १९७८ मा क्यानडामा भएको एघारौँ कमनवेल्थ, १९८२ को दिल्लीको नवौँ र १९८६ मा दक्षिण कोरियामा भएको एघारौँ एशियाली खेलमा पदक दिलाए । १९८२ मै बंगलादेशमा भएको एसिया चेम्पिएनसी खेलमा पनि उनी चौथो भएका थिए । सोही वर्ष वल्र्ड चेम्पिएनसीपको लागि क्यानडा पुुगे । अन्तिम खेल भने उनले सन् १९८६ मा कोरियामा खेलेका हुन् । भारतको सन् १९७५ देखि ७९, ८१, ८२ र ८६ मा भएको राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि पुनले स्वर्ण पदक जितेका छन् ।
‘दश वर्षसम्म भारतको राष्ट्रिय पौडी प्रशिक्षकको भूमिका निर्वाह गरेको थिएँ । तर, मेरा मेडल र पदक कुनामा सीमित छन्’ पुनले भने, ‘मेरो क्षमता अनुसार अहिले म नेपालमा कोच हुनुपर्ने मान्छे हुँ । दुखको कुरा मेरो कुनै पहुँच छैन् । नेपालले खोच्दैन भन्यौ या चिन्दैन् ।’ उनी भारतका राष्ट्रिय घोषित खेलाडी हुन् । भारत सरकारले सेना र देशलाई चिनाउने काम गरेको भन्दै राष्ट्रिय खेलाडी घोषित गरेको उनले सुनाए । पौडी र गोटाखोरको प्रशिक्षक बनेर सीप सिकाउने उनको सपना अझै जीवित छ ।
२१ वर्ष ६ महिना भारतीय सेनामा काम गरेपछि १९९६ मा पुन रिटायर्ड भए । सेनामा नै कार्यरत रहँदा १९८५ मा घोडेपानीमा होटल खोले । उनी भारतमा भए पनि होटलको सम्पूर्ण जिम्मेवारी श्रीमति पियारी पुनले समाल्थिन् । ‘देश/विदेश घुम्दा र टुरिष्टको संगत गर्दा घोडेपानीमा होटल होल्न मान लाग्यो’ पुुन भन्छन, ‘मैले होटल खोल्ने बेला यहाँ जम्मा ६ वटा टहरा थिए ।’ अहिले घोडेपानीमा २४ वटा होटल छन् । यहाँ एक दिनमा एक हजार व्यक्ति अटाउँछन् । पुनले घोडेपानीमा अहिले सन्नी नामक होटलबाट आफ्नो ब्राण्ड विस्तार गरेका छन् । उनलाई आफ्नै मामा स्वर्गीय क्याप्टेन टेकबहादुर गर्बुजा पुनले व्यावसायतर्फ तानेका थिए । पुनको होटलमा मात्रै अहिले एक सय भन्दा बढी पाहुँना अटाउछन् । १९ वटा एटेच र २४ वटा ननएटेच रुम रहेको यस होलटमा गाइड सुत्नको लागि छुट्टै व्यवस्था छ ।
करिव ५ करोडको लगानीमा घोडेपानीमा होटल चलाएर महिनाको १६ लाख आम्दानी गरेका पुनले आजभोली भने मासिक ७/८ लाख मात्र आम्दानी हुने बताउँछन् । उनकोमा अहिले ५ महिलासहित १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । चितवन, गोरखा, सुनसरी लगायतका जिल्लाबाट कामदार ल्याउने उनी बताउछन् । उनका दुई छोरा छन् । छोराबुहारी पनि होटलमा नै काम गर्छन् ।
संघियता कार्यान्वयन भएपछि स्थापित अन्नपूर्ण गाउँपालिकामा पहिलो अध्यक्षको रुपमा पुन निर्वाचित भए । आफ्नै भतिज (दाईको छोरा) नारायण पुन प्रमुख प्रतिपक्षी थिए । एमालेबाट उम्मेदवार बनेका नारायणलाई २९२ मतले हराए । उनले आफ्नो कार्यकालमा खेलकूदको विकासमार्फत देशलाई चिनाउन पालिकाबाट खेल प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिएको बताए । क्याप्टेन बा अध्यक्ष भएपछि आयल्याण्डमा होटल मेनेजमेन्ट पढेका छोराले घोडेपानीमा होटल समाल्न आए । भारतीय सेनामा रहदासम्म राननीतिमा नलागेका क्याप्टेन बा सेवा निवृत्तपछि नेपाली काँग्रेसबाट राजनीतिक यात्रा तय गरे । शसस्त्र द्धन्द्धका बेला माओवादीमा लागेका उनी माओवादी टुटुफुटपछि राजनीति यात्रा पनि फेरेको बताउछन् । ‘मलाई पार्टी भन्दा पनि गाउँको विकाससँग मतलव छ’ उनले भने, ‘मेरो विचार भन्ने हो भने माओवादीसँग मिल्छ ।’
गाउँमा बस्दा सहयोग गर्न राजनीतिक ठाउँ चाहिन्छ भन्ने उनलाई लाग्यो । पैसा भएर पनि सहयोग गर्ने बाटो नभएपछि राजनीतिमा लागेर उनको अनुभव छ । ‘राजनीतिमा होमिएपछि गाउँमा सहयोग गर्न थाले’ उनी थप्छन्, ‘त्यसपछि मलाई पार्टीले विश्वास गरेर चुनावमा टिकट दियो । चुनाव जिते ।’ पुन अध्यक्ष हँुदा २८० किलोमिटर सडक निर्माण गरेका छन् । प्रत्येक वडा र टोलटोलमा सडक पु¥याएको बताउदै उनले पर्यटकीयस्थलमा पदमार्ग निर्माण गरिएको बताए । जनप्रतिनिधि रहदा ५ वर्षसम्म पाउने उनले कुनै सेवासुविधा लिएनन् । अध्यक्ष कोष बनाएर वैंकमा खाता संचालन गरेको उनले बताए ।
जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको १८ लाख रुपैयाँभन्दा बढी रकमलाई सामाजिक काममा खर्चिएका छन् । अधुरा साना विकासे योजनामा सहयोग दिनुका साथै पढ्न नसक्ने गरिब विद्यार्थीको लागि कोषबाट नै खर्च गरिएको उनको भनाई छ । विभिन्न स्कूल र मन्दिर व्यवस्थापन समितिमा पनि अक्षयकोष स्थापना गरेका छन् । ‘मेरो व्यक्तिगत खर्च पेन्सनले चल्छ, परिवारलाई होटल व्यवसाय छ’ उनले थपे, ‘जनप्रतिनिधि हुदा पाउने तलव, भत्ता गरिब र निमुखाको लागि खर्चिए ।’ घोडेपानीसम्मको सडक पनि उनकै पहलमा लगिएको हो । ‘यसैवर्ष प्रदेश सरकारका भौतिक मन्त्री रेशम जुग्जालीले ३ करोडको वहुवर्षिय ठेक्का लगाइदिन्छु भन्नुभएको छ । अव घोडेपानी आउने बाटो पिच गर्छौ’ उनले भने । इकान्तिपुरबाट….