हरित यातायात प्रणालीको पाइलोटिङ् गरिने

Share this post :

Facebook
Twitter
WhatsApp

आगामी दुई वर्षभित्र पोखरा महानगरभित्र संचालन हुने सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउने उदेश्यकसहित पोखरामा हरित यातायात प्रणालीको पाइलोटिङ् गरिने भएको छ । हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने पोखरा महानगरले जनाएको छ ।
यस रुटमा ६ स्थानमा प्रविधिसहितको बसस्टप निर्माण र ४२ वटा बसमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने पोखरा महानगरप्रमुख धनराज अचार्यले जानकारी दिए । जसका लागि आवश्यक सामाग्री डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने छन् । ती सामाग्री पोखरासम्म ल्याउनका लागि महानगरले सहजीकरण गर्ने छ । तोकिएका बसस्टपमा इन्टरनेट र बिजुलीबत्तिको व्यवस्थापन महानगर आफैले गर्नेछ । पहिलो चरणमा १८ करोड बराबरको सामाग्री कोरियाले उपलब्ध गराउने मेयर आचार्यले बताए ।
परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटमा १ हजार २ सय ८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ । नगरप्रमुख आचार्यका अनुसार पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामोसमयसम्म बस कुर्नुपर्ने छैन भने, चालकलेसमेत जथाभावी यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।
‘यस परियोजनामार्फत पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ’ उनले भने, ‘परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को लिमिटेडसहित विभिन्न दातृ निकायले साझेदारी गर्नेछन् ।’ कोरियाको तर्फबाट तारकम कोलिमिटेडका बिजनेस विभागका निर्देशक कि होन किमले नगरप्रमुख आचार्यसँग छलफल गरेका छन् । किमले सबै सामाग्री परीक्षण पश्चात् तयारी हालतमा रहेकाले एक महिनाभित्र नेपाल आइपुग्ने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *