काव्यगोष्ठी- २०८१ सम्पन्न !

Share this post :

Facebook
Twitter
WhatsApp

कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जन्मजयन्तीको सन्दर्भमा जगत्रदेवी साहित्य संगम, गल्याङ, स्याङ्जाद्वारा आयोजित काव्यगोष्ठी- २०८१ सम्पन्न भएको छ ।

गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरिएको उक्त काव्यगोष्ठीमा सभाध्यक्षको रूपमा जगत्रदेवी साहित्य संगमका अध्यक्ष अग्रज कवि व्यक्तित्व चण्डिकाप्रसाद भट्टराई थिए ।
प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल थिए भने विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी उपस्थित थिए ।

काव्यगोष्ठीमा स्वागत मन्तव्य संगमका सह- सचिव गजलकार डिल्लीराम भण्डारीद्वारा प्रस्तुत गरिएको थियोे ।
प्रमुख आमन्त्रित व्यक्तित्वद्वारा दीप प्रज्वलनसङ्गै ब्यानरमा उल्लेखित विवरण वाचन गरेर समुद्घाटन गरिएको काव्यगोष्ठी समारोहमा गजलकार डिल्लीराम भण्डारी, गजलकार सिर्जना खनाल, कवि सुमन भट्टराई, गजलकार झवनाथ बस्याल, कवि अमृता खनाल, गजलकार नारायणप्रसाद न्यौपाने, गजलकार गीता अधिकारी, कवि ऋषिराम भण्डारी, कवि बोधराज न्यौपाने, गजलकार आरती ढकाल पाठक, कवि हरिकला पाठक, कवि इन्द्रप्रसाद पाठक, कवि ढालबहादुर के.सी., अग्रज कवि सुर्यप्रसाद डुम्रे, अग्रज कवि लेखनाथ काफ्ले, कवि शिशिर पौडेल, कवि ध्रुवप्रसाद शर्मा पङ्गेनी, कवि प्रेमबन्धु सुवेदी, युवा कवि मिलन समीर, अग्रज कवि चण्डिकाप्रसाद भट्टराई आदिले आफ्ना उत्कृष्ट रचना वाचन गरे ।

काव्यगोष्ठी- २०८१ को प्रायोजन गरेका सहृदयी सिर्जनशील व्यक्तित्व अमरविक्रम अधिकारी (गल्याङ- ११, तुलसीभञ्ज्याङ्, स्याङ्जा, हाल- न्यूयोर्क, अमेरिका)लाई उनको विशेष सहयोग र सद्भावको उच्च कदरस्वरुप कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियोे । उनको अनुपस्थितिमा उनकी दिदी मीना न्यौपानेद्वारा उक्त कदरपत्र ग्रहण गरिएको थियोे ।
समारोहमा नेपाली भाषा- साहित्यको क्षेत्रमा पुर्‍याउदै आएका विशेष महत्त्वपूर्ण योगदानको उच्च कदरस्वरुप डा. शैलेन्दुप्रकाशलाई जगत्रदेवी साहित्य सम्मान- २०८१ समर्पण गरिएको थियोे ।
कार्यक्रममा धन्यवाद मन्तव्य संगमका सदस्य कवि प्रेमबन्धु सुवेदीद्वारा प्रस्तुत गरिएको थियोे भने सहजीकरण संगमका सचिव युवा कवि मिलन समीरद्वारा गरिएको थियोे ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *