फेवातालमा सशस्त्र प्रहरीको उद्धार अभ्यास

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका–६ कोमागाने पार्कस्थित फेवातालमा सशस्त्र प्रहरीले विपत् उद्धार अभ्यास गरेको छ । गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीले सोमबार जलउत्पन्न प्रकोप तथा खोचमा गरिने उद्धारको कृत्रिम नमुना अभ्यास गरेको हो ।
उद्धार अभ्यास कार्यक्रममा मुक्तिनाथ बाहिनी अन्तर्गतका विभिन्न गण तथा गुल्ममा कार्यरत विपद् उद्धारकहरु एवं कालिका गणमा रहेका विशेष गोताखोर टोलीले भाग लिएका थिए । उनीहरुले आइपर्ने विपत् र प्रहरीले गर्ने उद्धारको अभ्यास गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका बाहिनीपति डिआईजि कालीदास धौवजीले विपद् उद्धारकहरुको क्षमता अभिवृद्धि गर्न प्रदेश एवं स्थानीय सरकार थप जिम्मेवारीका साथ कटिवद्ध हुनुपर्ने बताए । कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले यस्ता किसिमका नमुना अभ्यासले फौजी र सर्वसाधारणप्रति विश्वास बढ्ने बताए । ‘उद्धारकहरुमासमेत परेको बेला आत्मबल बढ्ने र उद्धार कार्यमा निखारपन आउँछ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *