नेकपा एमाले विरुवा गाउँपालिका कमिटिका अध्यक्ष प्रकाश थापाले गाउँको विकासमा सवै राजनितिक दल एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । १५ औ विरुवा महोत्सवको शुक्रबार विरुवा गाउँपालिकाको केन्द्र विरुवा बजारमा उदघाटन गर्दै अध्यक्ष थापाले विकासमा सवै राजनितिक दल एकै ठाउँमा उभिन सके मात्र विरुवामा विकास लहर आउने बताए ।
विरुवामा गाउँपालिका विकास गराउनु सवै दलको दायित्व भएको बताउदै उनले जनतामा उत्साह ल्याउन पनि सवै दलले विकासमा हातेमालो गर्नु आवश्यक रहेको औल्याए । एक फरक प्रसंगमा उनले गाउँपालिका भित्रको खेलकुदको गतिविधि सञ्चालन गर्न पर्याप्त मैदान नभएको बताएका थिए । ‘खेलकुदका संरचना निर्माण गरेर आगमी दिनमा खेलकुदलाई अगाडि बढाउन चाहन्छौ’ उनले भने, ‘यसका लागि म योजनाबद्ध ढंगबाट अगाडि बढाउन पहल गर्नेछु ।’ बालकन्या युवा क्लव, समाज कल्याण आमा समुह, विरुवा बजार व्यवास्थापन समिति र उद्योग बाणिज्य विरुवा इकाई समितिको आयोजनामा भैरहेको महोत्सव ४ दिनसम्म चल्नेछ । खेल संयोजक अब्बु मियाका अनुसार भलिवल खेल मेलाको मुख्य आर्कषण रहनेछ ।
Category: प्रदेश
-

गााउँको विकासमा सवै राजनितिक दल एकै ठाउँमा आउनुपर्छ– अध्यक्ष थापा
-
ग्रामीण भेगमा स्वास्थ्यकर्मी पठाउन थप प्रोत्साहन– मुख्यमन्त्री नेपाली
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील रहेको बताएका छन् । बागलुङको गलकोट नगरपालिका–५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताए ।
कोरोना महामारीको नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले पुयाएको योगदानको कदर गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनाकै कारण प्रदेशको स्वास्थ्य संरचनामा सुधार भएको बताए । संरचनागत रुपमा भवनहरु भए पनि स्वास्थ्य उपकरण र जनशक्ति अभाव भएकोबारे आफू जानकार रहेको भन्दै उनले यो समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मुख्य सहरवाहेक अन्तका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिने चिकित्सक पुयाउन सकिएको छैन, विशेष प्रोत्साहन दिएर भए पनि हामी उनीहरुदलाई ग्रामीण भेगामा पठाउँछौं ।’
सिमित स्रोत र साधनका बीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उनले सुनाए । स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको मुख्यमन्त्रीले बताए । उनले भने, ‘प्रदेशमा के कस्तो स्वास्थ्य नीति अपनाउनु पर्ने हो र कसरी नागरिकलाई सहज रुपमा स्वास्थ्य सुविधा दिन सकिन्छ भनेर हामी लागी परेका छौं ।’
हरिचौर स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी नगर अस्पताल घोषणा गरिए पनि कार्यन्वयनमा आउन नसकेको गुनासो संवोधन गर्दै उनले पोखरा फर्के लगत्तै यसबारेमा आफूले चासो दिने प्रतिबद्धता जनाए । गलकोट क्षेत्रको विकासका लागि प्रदेश सरकारले यथासक्य काम गर्दै आएको भन्दै मुख्यमन्त्रीले प्रदेशको क्षमता अनुसार काम गर्दै आएको भनाइ राखे ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवं राष्ट्रिय जनमोर्चाकी नेतृ पियारी थापाले नेपालको शैक्षिक प्रणालीकै कारण स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति पाउन नसकिएको भनाइ राखिन् । गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरैले करिब ४ वर्षको अवधिमा स्थानीय सरकारले सक्दो काम भन्दै यसको मूल्यांकन नागरिकले गर्ने बताए । अस्पतालको स्तरोन्नती र सञ्चालनका लागि कार्यापालिकाबाट निर्णय गरे पनि प्रदेश र संघका कार्यालयमा पुग्दा अलमल हुने गरेको उनले सुनाए । उपमेयर रेनुकुमारी काउचा मगरले सिमित स्रोत र साधनका बीच पनि आफूहरुले कार्यसम्पादन गर्दै आएको बताइन् ।
३ बेडका लागि स्वीकृति पाएको भए पनि अहिले अस्पतालमा १५ बेड चालु छ । ८ रोपनी जमिनमा ७ करोड लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो । २ जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक १२ सयको हाराहारिमा बिरामी उपचारका लागि आउने गरेका छन् ।
मेडिकल अधिकृत डा सन्देश मल्लले अहिले स्वास्थ्य केन्द्रमा एक्सरे, एम्बुलेन्स, इसिजी, ल्याबसहित २४ सै घन्टा इमरजेन्सी सेवा सञ्चालन हुँदै आएको बताए । जनशक्तिको अभावमा ल्याब २४ सै घन्टा सञ्चालन गर्न नसकिएको भन्दै उनले एक्सरे मेसिन सञ्चालन कार्यालय सहयोगीले गर्नुपर्ने अवस्था रहेको सुनाए । गलकोट सेवा जापानले स्वास्थ्य केन्द्रलाई आधुनिक एक्सरे मेसिन प्रदान गरेको छ । -
पानीको मूल्य बढेपछि डिलर व्यवसायी आन्दोलित
पानीको मूल्य वृद्धि गरेपछि पोखराका व्यवसायीले आन्दोलन शुरु गरेका छन् । मंगलबार दिनभर पोखरा प्रदर्शनी केन्द्र अगाडि पानी बोक्ने गाडी तेर्स्याएर आन्दोलन गरेका हुन् । कम्पनीले अस्वभाविक मूल्य वृद्धि गरेको भन्दै व्यवसायीले पानी विक्री वितरण ठप्प पारेका हुन् । मूल्य वृद्धि फिर्ता नलिएसम्म पानी विक्री वितरण नगर्ने व्यवसायीको चेतावनी छ ।व्यवसायीले पानी कम्पनीको सिण्डिकेट पनि खारेजीको माग गरेको व्यवसायी कुमार लामिछानेले बताएका छन ।
आन्दोलन शुरु गरेपछि विशेषगरि जार पानीका उपभोक्तालाई समस्या भएको छ । हाल पोखरा बजारमा जार पानीको सरदर मूल्य ५० रुपैयाँ छ । व्यवसायीले कम्पनीबाट प्रतिजार सरदर १८ रुपैयाँमा उठाएर बजारमा ३५ देखि ४० रुपैयाँ मा विक्री वितरण गर्दै आएका थिए ।
सरकारी मूल्य भने कम्पनीमा १६ र उपभोक्तामा ४० रहेको छ । सरकारी दररेटलाई लत्याउँदै कम्पनीले १८ देखि २० लिने गरेको थियो । जसका कारण ४० रुपैयाँमा जार पानी पाउनुपर्ने उपभोक्ताले ५० रुपैयाँ तिर्न बाध्य भएका थिए ।
कम्पनीले अहिले पानीको मूल्य बढाएर ३३ र उपभोक्ता मूल्य ६० रुपैयाँ पुयाइएको छ । यस्तै, बोत्तल पानीको मूल्य पनि वृद्धि गरिएको छ । यसअघि २० रुपैयाँ रहेको उपभोक्ताको मूल्य २५ पुर्याइएको छ । कम्पनीले बोत्तल पानीको मूल्य १२० रुपैयाँबाट बढाएर १५० रुपैयाँ पुयाएको छ । -

वालिङलाई सुर्तीजन्य पदार्थरहित नगर बनाउने प्रतिबद्धता
स्याङ्जाको वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणकालागि दश बुँदे प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा आज वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकाय तथा पत्रकारको अन्तरक्रियात्मक कार्यक्रममा नगरपालिकाले दश बुँदे प्रतिबद्धता जारी गरेको हो ।
सरोकारवाला तथा साझेदार निकायसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि ब्यापकरुपमा अभियान सञ्चालन गर्ने, नगरभित्रका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीले सुर्तीजन्य पदार्थको सेवन छोड्ने प्रतिज्ञा गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
नगरका सम्पूर्ण सार्वजनिक संस्थामा सुर्तीजन्य पदार्थ निषेध गर्ने, ईजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थको बेचबिखन गर्न पाउने ब्यवस्था मिलाउने, यसको लत छुटाउन सञ्चार केन्द्रको समन्वयमा स्वास्थ्यकर्मीलाई तालिम दिने ब्यवस्था मिलाउने, थप अध्ययन तथा अनुसन्धान गर्दै जाने रहेका छन् । त्यस्तैगरी जनसमुदाय तथा सरोकारवाला (आमा समूह, शिक्षक, पत्रकार, युवाक्लब, टोल विकास संस्था)सँग सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनकालागि अन्तरक्रिया एवं छलफल गर्ने, नगरपालिकाको जनस्वास्थ्य ऐन २०७८ अनुसार सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनकालागि रणनीति तयार गर्ने, निरन्तर अनुगमन तथा सुपरभिजन गर्ने र वालिङ नगरपालिकालाई क्रमशः सुर्तीजन्य पदार्थरहित पालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको उनले बताए ।
“सुर्तीजन्य पदार्थ सेवन एक किसिमको लत हो, जुन हामीले जान्दा जान्दै पनि पैसा तिरेर रोग किनिरहेका छौं” उनले भने, ‘झट्ट हेर्दा यसको नियन्त्रण जटिल देखिन्छ तर सबैको सहयोग र सहकार्यबाट संभव छ ।” नेपाल सरकारले कानून बनाएको र त्यसको कार्यान्वयन स्थानीय सरकारले गर्नुपर्ने भएकाले पनि नगरपालिकाले यसको नियन्त्रण र नियमनलाई कडाईका साथ कार्यान्वयनमा अगाडि बढ्ने उनको भनाई छ । “यसलाई जबर्जस्ती तबरबाट भन्दा पनि परामर्श र सचेतनामार्फत विस्तारै विस्तारै नियन्त्रण गर्दै जानेछौं” उनले थपे, “आगामी केही वर्षपछि मापदण्डहरु पूरा गर्दै वालिङलाई सुर्तीजन्य पदार्थरहित नगर घोषणा गर्नेछौं ।”
सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणकालागि २०६८ सालमा ऐन नियम आएको र यसको कार्यान्वयन पक्षलाई स्थानीय तहमा प्रभावकारी बनाउने उद्देश्यसहित देशका केही पालिकाहरुमा अभियानकोरुपमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जानकारी दिए । “सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणकालागि मन्त्रालयबाट मात्रै नसकिने र अन्य विभिन्न संघसंस्था, कार्यालय तथा निकायहरुसँगको सहकार्यबाट मात्रै अगाडि बढ्दा बढी प्रभावकारी हुन्छ” निर्देशक शर्माले भने, “नगरपालिकाले जुन प्रतिबद्धता जनाएको छ यसबाट थप उत्साह तथा उर्जा मिलेको छ । जसले भावी दिनमा राम्रो उपलब्धी हाँसिल हुनेमा हामी विश्वस्त छौं ।” -

वालिङ नगरपालिका सम्मानित
“संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासन” क्षेत्रमा उल्लेखनीय भुमिका खेलेकाे स्याङ्जाको वालिङ् नगरपालिका सम्मानित भएकाे छ । नेपाल नगरपालिका संघले प्रत्येक वर्ष नेपालभर रहेका नगरपालिकामध्ये प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार २०७८ यसबर्ष वालिङलाई दिएकाे हाे । प्रधानमन्त्री शेरबहादुर देउवाले सो पुरस्कारको प्रमाणपत्र नगर प्रमुख दिलिपप्रताप खाँणलाई प्रदान गरेका छन् ।
-

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत निर्वाचित भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सविन प्रियासन र देविका घर्तीमगर, महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् । महासचिवमा चेतन अधिकारी र ईन्द्र आचार्यको पनि दावी थियो ।
चौतारीको कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन भएका छन । -
प्रदेशसभा वैठक दिउसो १ बजे बस्दै
गण्डकी प्रदेशसभाको वैठक आज दिउसो १ बजे बस्दै छ । बुधबार बसेको कार्य व्यवस्था परामर्शको वैठकले दिउसो १ बजेको लागि वैठक तय गरेको थियो । आजको वैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाच वटै दलका नेताले सम्बोधन गर्नेछन् । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुखबाट प्राप्त पत्रको बारेमा सवै सांसदलाई पढेर जानकारी गराउनेछन् भने मन्त्रीमण्डल हेरफेर भएको विषयमा पनि जानकारी गराइने प्रदेश सभा सचिवालयका सुचना अधिकारी जितेन्द्र केसीले जानकारी दिए ।
आजदेखी सुरु हुने हिउदे अधिवेशन भोली पनि दिउसो १ बजे संचालन हुनेछ । त्यसपछि चैत १ सम्म वैठक स्थगित हुने संसद सचिवालयले जनाएको छ । सरकारले विजनेश दिन नसक्दा लामोसमयदेखी हिउदे अधिवेशन बस्न सकेको थिएन । प्रदेशसभाको वैठक नदीपुरस्थित आफ्नै भवनमा बस्ने भएको छ । यसभन्दा अघि कोरोना महामारीका कारण ठाउ साघुरो भएपछि सभागृहमा वैठक संचालन गरिएको थियो । अधिवेशन सम्पन्न भएको ६ महिनाभित्र अर्को अधिवेशन संचालन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट अधिवेशन गत असोज ५ मा अन्त्य भएको थियो । यस अधिवेशनले चारवटा विधेयक पारित गर्नेछ । कतिपय पुराना ऐन संसोधन गर्ने तयारीमा सरकार छ ।
खानेपानी, सिंचाई र सुचनाको हक सम्बन्धी विधेयक सरकारले टेबुल गर्ने तयारी गरेको छ । यस्तै, गत कार्तिक ११ मा प्रदेशसभा सचिवालयमा दर्ता भएको तर, प्रदेशसभा वैठकमा पेश नभएको गण्डकी प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयकलाई पनि यही अधिवेशनमा टेबुल गर्ने तयारी भएको छ भने, विधायन समितिमा विचाराधिन रहेका आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, आमसञ्चार र बालबालिका सम्बन्धी विधेयकलाई पारित गर्ने तयारी सरकारको छ । विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले बालबालिका सम्बन्धी विधेयक दफावार छलफल गरी भोलीको संसद वैठकमा प्रतिवेदनसहित पेश गर्ने तयारी भएको बताए । -

रुपामा अन्तर आमा समुह हाजिरी जवाफ
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकाले गाविसस्तरीय अन्तर आमा समुह हाजिरजवाफ प्रतियोगिताको सम्पन्न भएको छ ।
महिलाको क्षमता अभिवृद्धिका लागि हाजिरजवाफ लक्ष्यका साथ आयोजित प्रतियोगितामा दिगो आमा समुह प्रथम, भिरकोट आमा समुह द्धितीय, भित्रीगाउँ हातेमालो आमा समुह तृतीय र नवदुर्गा आमा समुहले सान्त्वना भएका थिए ।
कूल २१ वटा टीमको सहभागिता रहेको प्रतियोगिताका विजयी टीमले क्रमश १० हजार, आठ हजार, छ हजार र चार हजार नगद पुरस्कार प्राप्त गरेका थिए भने सहभागि प्रत्येक टीमलाई दुई हजार रुपैयाका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रतियोगताका विजयी टिमलाई नगद पुरस्कार वितरण गर्दै महिलाहरुले प्राप्त हक अधिकारको उपयोगमार्फत निर्णायक तहमा पुग्नुपर्ने बताइन । संवैधानिक अधिकार मागेर होईन खोसेर लिनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सम्पूर्ण महिला शक्ति एकतावद्ध भएर समृद्धिको अभियानमा जोडिनुपर्ने आवश्यकता औल्याएकी थिइन । -

राप्रपाका नेता गणेश शेरचनको निधन
राप्रपाका नेता एवं पूर्व मन्त्री गणेश शेरचनको निधन भएको छ । शेरचनको ७८ वर्षको उमेरमा आइतबार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्याबाट पीडित थिए । शेरचन राप्रपाको संस्थापक एवम् पूर्व महामन्त्री हुन् । पोखरा नगर पञ्चायतमा शेरचन २०३७ पछि प्रधानपञ्च भएका थिए । त्यसपछि उनी कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए । पोखरा अर्चलबोट निवासी शेरचन पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएर काम गरेका थिए । शेरचन सञ्चार सहायक मन्त्री पनि भएका थिए ।
-
हत्याको आरोपमा तीनजना पक्राउ
कर्तव्य ज्यान मुद्दाको आरोपमा कास्की प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगर–२० लामडा“डाका २९ वर्षिय प्रकाश गुरुङ, ३० वर्षिय प्रिमस भन्ने डिलबहादुर गुरुङ र पोखरा–१३ लामाखेतका २५ वर्षिय निशान गुरुङ रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट घटनामा प्रयोग भएको एउटा चक्कु समेत बरामद गरेको जनाएको छ । शुक्रबार जिल्ला अदालत कास्कीमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरि ७ दिनको म्याद थप भएको छ । प्रहरीका अनुसार विहीवार विहान पोखरा–२० मौजास्थित महा–विवरात्रीको अवसरमा स्थानीय क्लवद्धारा आयोजिक सा“स्कृतिक कार्यक्रममा विवाद हुदा“ लामडा“डाका ३७ वर्षिय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए । पीडितका आफन्तको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको जनाएको छ । चोकेन्द्रलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा नै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । यस्तै, पोखरा महानगरपालिका–६ लेकसाईडस्थित कोठा भाडामा लिने । फोन सम्पर्कको आधारमा विभिन्न होटलमा महिलालाई जवरजस्ती बेश्याबृत्ति कार्यमा संलग्न गराउने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
सुचनाको आधारमा प्रहरीले आइतबार पोखरा महानगर–७ मुस्ताङचोक स्थायी घर भई पोखरा–१७ रातोपहिरा बस्ने ३० वर्षिय नारायण पोखरे, सिन्धुपाल्चोक चौतारा–६ ठूलीधारा स्थायी घर भई हाल पोखरा–६ जरेबर बस्ने २२ वर्षिया पुजा थापा मगर र बा“के चिसापानी–९ घर भई पोखरा–६ जरेबर बस्ने २२ वर्षिय विशाल योगीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीन जनालाई नै प्रहरीले शुक्रबार मानव बेचविखन तथा ओसारपसार शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।