Category: प्रदेश

  • गण्डकीका  मुख्यमन्त्री मधेश प्रदेश भ्रमणमा

    गण्डकीका मुख्यमन्त्री मधेश प्रदेश भ्रमणमा

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली तीनदिने मधेश प्रदेश भ्रमणमा निस्कीएका छन् । मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री १८ सदस्यीय प्रतिनिधिसहित जनकपुरधाम आएका हुन् ।
    मुख्यमन्त्रीले भ्रमणका क्रममा पर्यटन नगरी पोखरालाई जनकपुरधाम नगरीसँग जोड्नका लागि दिर्घकालीन योजना बनाइने बताएका छन । उनले पोखरा र जनकपुरधामको सम्बन्ध सुमधुर रहेको बताएका छन । मुख्यमन्त्रीलाई विमानस्थलमा मधेश प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलगायतका टोलीले स्वागत गरेका थिए ।
    भ्रमणका क्रममा मुख्यमन्त्रीको टोली नेपाल रेल्वेको अवलोकन, जनकपुरधाका धार्मिक स्थलको अवलोकन लगायतका कार्यक्रममा सहभागी हुने मन्त्री महतोले बताएका छन । उनले साँझ ५ बजे सीतासरण होटलमा मुख्यमन्त्रीको स्वागतमा कार्यक्रम आयोजन गरिएको बताएका छन । मुख्यमन्त्रीको टोलीले आइतबार बिहान जानकी मन्दिरको दर्शन र पूजाअर्चना गर्नेछन् भने बिहान १० बजे बर्दिबासमा उनका लागि स्वागत कार्यक्रम राखिएको र
    त्यसपछि उक्त टोली सर्लाहीको भरतताल र नुनथर, बाराको गढीमाई मन्दिर दर्शन गरेर पुनः जनकपुरधाम फर्किने योजना रहेको मन्त्री महतोले बताएका छन । सोमबार बिहान महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्रीको टोली पोखरा फर्किने कार्यक्रम रहेको मन्त्री महतोले बताएका छन ।

  • सवारी दुर्घटनामा सई अर्जुन पौडेलको चितवनमा मृत्यु

    गएराति सवारी दुर्घटना हुँदा प्रहरी नायव निरीक्षक सई अर्जुन पौडेलको चितवनको गीतानगरमा मृत्यु भएको छ । उनी पर्वत घर भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत थिए ।उनी ड्युटीमै हुदाँ सवार मोटरसाइकललाई ना४त ८८२९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।
    प्रहरीका अनुसार ट्याक्टर चालकले मादक पदार्थ सेवन गरेका थिए । ट्याक्टर र चालक भरतपुर(२८ मेघौलीका ५५ वर्षका पूर्णबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • निजामती कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्षमा अर्यालको उमेद्वारी

    निजामती कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्षमा अर्यालको उमेद्वारी

    नेपाली काँग्रेसको भातृ संगठन (काँग्रेस विचारधारा कर्मचारीको संगठन) नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्षमा स्याङ्जाको कृष्णप्रसाद अर्यालले उम्मेदवारी दिएका छन् । हाल युनियनको केन्द्रीय सदस्यसमेत रहेका अर्यालले कर्मचारीहरुसमक्ष उम्मेदवारी घोषणा गरेका हुन् । अहिले उनी देश दौडाहको अभियानमा छन् ।
    केन्द्रीय उपाध्यक्ष स्वत गण्डकी प्रदेशको अध्यक्ष हुनेछ । देशभरीका प्रतिनिधीले केन्द्रीय उपाध्यक्ष अर्थात गण्डकी प्रदेश अध्यक्षमा भोटिङ गर्न पाउने व्यवस्था छ । तीन कार्यकाल युनियनको स्याङ्जा जिल्ला अध्यक्षको भुमिका निर्वाह गरिसकेका अर्याल स्वास्थ्यकर्मी संघ जिल्ला अध्यक्ष र केन्द्रीय उपमहासचिव समेत भइसकेका छन् ।

    जिल्ला नेतृत्वमा रहदा अर्यालले कर्मचारीको हकहित तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएका थिए ।
    अर्याल पछिल्लोसमय सरकारी सेवा अन्तर्गत गण्डकी प्रदेशमा पदस्थापना भइ पोखरा केन्द्रित कार्यालयमा कार्यरत छन् । अर्यालले आफ्नो उमेद्वारी घोषणा गर्दै उनले प्रदेशमा देखिएका कर्मचारीसँग संवन्धीत समस्या, कर्मचारी समायोजन, वृद्धि विकास अबरोध हटाउने, केन्द्रले लिएका नीति तथा कार्यक्रम पालना गर्न सहयोग गर्ने, जनमुखी मुस्कान सहितको सेवा राष्ट्र सेवा निष्पक्षता तटस्थता र कर्मचारी एकता, सबै तहमा रहने कर्मचारी समान अनुभूति, निजामती सेवामा स्थानीय, प्रदेश र सघ एक सुत्रमा बाँध्ने उद्देश्य रहेको बताएका छन् ।
    स्याङ्जा जिल्लामा रहदा स्वास्थ्यमा धुम्रपानरहित जिल्ला बनाउनदेखि खुल्ला दिसामुक्त जिल्ला बनाउने कार्य, समुदायस्तरमा जनचेतना तथा लोककल्याणकारी कार्यमा उल्लेखनीय भुमिका निर्वाह गरिसकेका अर्यालले आफू निर्वाचित हुनेमा बिश्वस्त रहेको बताए । ८ औँ केन्द्रीय महाधिवेशन फाल्गुण २१ देखि २३ गतेसम्म काठमाडौंमा हुदैँछ ।

  • नायक पल शाह प्रहरीकाे नियन्त्रणमा

    नायक पल शाह प्रहरीकाे नियन्त्रणमा

    बलात्कारकाे अाराेपीत पल शाह (पूर्णविक्रम शाह) प्रहरीले नियन्त्रणमा लिएकाे छ । अाईतबार उनले सामाजिक संजालमार्फत अाफू प्रहरीकाेमा जाने बताएका थिए । नाबालिकालाई पटकपटक बलात्कार गरेकाे अाराेप शाहलाई छ । छायांकनकाे क्रममा तनहुँमा बलात्कार भएकाे भन्दै नाबालिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा बुधबार जाहेरी दिएकी थिईन् । शाहले अाफू अस्वस्थ्य भएकाे र पारिवारिक कामले यतिका दिनसम्म प्रहरीकाे उपस्थिति हुन नसकेकाे भन्दै क्षमा मागेका थिए ।

    उनकाे भनाइ जस्ताकाे तस्तै

    नमस्कार सबैमा,
    मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद 🙏

  • त्रिवेणीको विकासका लागि प्रदेश सरकारको ‘विशेष प्याकेज’

    माघको दोस्रो साता गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रीसहितको टिम लिएर सिंहदरबार पुगे । माघ १६ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अलपत्र आयोजनका लागि बजेट थपिदिन आग्रह गरेका उनी त्यसको भोलिपल्ट अर्थात् १७ गते ३ मन्त्रीसँग भेटघाट गरे । भेटघाटको उद्देश्य थियो, प्रदेशले प्राथमिकतमा राखेका तर, अगाडि बढ्न नसकेका योजनाको गाँठो फुकाउने ।
    मन्त्रीमात्र होइन उनी सचिवको कार्यकक्षमा समेत पुगे । भाषणमा धेरैपटक भनिएको, नागरिकलाई धेरैपटक आश्वासन बाँडिएको दुम्कीवास त्रिवेणी सडक खण्डको ट्रयाक अब जसरी पनि खोल्नुपर्छ भन्ने लागेर मुख्यमन्त्री वन तथा वातावरण सचिव पेमनारायण कँडेलकै कोठामा पुगे । ४ वर्षदेखि थन्किएको मोटो फाइल सचिव कँडेलले देखाए । जहाँनेर गाँठो परेको थियो, त्यसलाई फुकाउन यसअघि भाषणमा भने जस्तो पहल बेलीविस्तार सचिवले सुनाए । मुख्यमन्त्री पोखरेलले स्थानीय नागरिकको भावना मात्र होइन, प्रदेशको समृद्धिसँग जोडिएको यो मार्गको खुलाउन काम तुरुन्तै गर्न आग्रह गरे अनुसार सचिव कँडेलले वन तथा वातावरण मन्त्री रामसहाय यादवसँगको सल्लाहमा फाइल अगाडि बढाए । डिपिआरको काम तुरुन्तै सुरु गर्न सडक विभागलाई लेखी पठाउने, वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका पालना गर्ने र चितवन निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यसका लागि युनेस्कोसँग आग्रह गर्ने गरी सचिवस्तरीय निर्णय त्यही दिन भयो ।
    अनि बल्ल ढुक्क भए मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । मिडियाकर्मीले मुख्यमन्त्री भएर पनि आफै सिंहदरबार धाउने ? भन्ने प्रश्न गर्दा उनले भनेका थिए, प्रदेशको हितमा हुने कामका लागि सिंहदरवार धाउनु के नौलो भयो र ? कोरला त्रिवेणी सडक अन्तर्गत ट्रयाक खुल्न बाँकी खण्डको अवरोध खुल्ने निश्चित भएपछि मात्रै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अर्थमन्त्री रामजीप्रसाद बराल जीवनलाई लिएर गत साता त्रिवेणी पुगे । साथमा थिए प्रमुख सचिव रवीलाल पन्थ र अर्थसचिव वैकुण्ठ अर्याल ।
    मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री भएलगत्तै आफू त्रिवेणी आउन चाहे पनि निकुन्जकै कारण ट्रयाक खुल्ने सुनिश्चित नहुँदासम्म असजिलो लागेर नआएको बताए । गजेन्द्र मोक्षधाममा आयोजिक कार्यक्रममा उनले भने, ‘हामी प्रतिपक्षमा हुँदा पनि बारम्बार उठाएको सबाल थियो, सरकारमा आएपछि झन् जिम्मेवारी नै हाम्रो भयो, अब गाँठो फुकेपछि तपाईंहरु सामु आएर बोल्न पनि सजिलो भयो ।’
    गण्डकी प्रदेशको ‘लाइफलाइन’ त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन । चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ । बाटोको पहुँच नहुँदा विनयी त्रिवेणीको ६ र ७ नम्बर वडाका बासिन्दा पालिका कार्यालय पुग्न लुम्बिनी प्रदेशको बर्दघाट हुँदै जानुपर्ने वाध्यता छ ।
    गण्डकी प्रदेशलाई भारतसँग जोड्न नाका भएको र त्यही अनुसार विकास हुने विश्वासमा यस क्षेत्रलाई गण्डकी प्रदेशमा राख्न सहमत भएको तथ्यलाई आफूले स्मरण गरिरहेको भन्दै अब छिटै नै २ वडाको विकासका लागि ‘विशेष प्याकेज’ घोषणा गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘भन्सारको स्तरोन्नती, शिक्षा, सडक, स्वास्थ्य मात्र नभएर पर्यटनको क्षेत्रमा पनि धेरै गर्नुपर्ने छ, यसका लागि हामी विषेष प्याकेज नै बनाउँदैछौं ।’ त्रिवेणीको विकासकै लागि प्रदेश सरकारले गजेन्द्र मोक्षधाम धार्मिक क्षेत्र विकास समिति गठन गरेको जानकारी मुख्यमन्त्री पोखरेलले गराए ।
    गजेन्द्रमोक्ष धाममा अहिले पनि दैनिक १ हजारदेखि १५ सय धार्मिक पर्यटक आउने गरेको भन्दै मुख्यमन्त्रीले सडकमार्ग विस्तार र पूर्वाधार विकास गर्न सके यसले व्यापकता पाउने भनाइ राखे । अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले त्रिवेणीको विकासका लागि मुख्यमन्त्रीले झकझकाइरहेको भन्दै प्रदेशको क्षमता अनुसार प्याकेज घोषणा गरिने प्रतिबद्धता जनाए । उनले भने, ‘त्रिवेणीका बासिन्दालाई हामी गण्डकी प्रदेशभित्रकै हौं भन्ने अनुभूति दिलाउनुर्छ, हामी त्यही अनुसार तयारीमा जुटेका छौं ।’
    विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले पालिकाका २ वडाले विद्रोह नै गरेर लुम्बिनीमा गाभिनु पर्ने अवस्था रहेको भन्दै अब त्यो अवस्था नआउने बताए । ‘हामीले मागेको भनेकै बाटो हो, हुन त धेरै समस्या हामीसँग छन्, तर पनि बाटो खुल्यो भने धेरै असन्तुष्टि कम हुन्छ, अरु विकास त विस्तारै गर्दै जाने हो ।’

  • कोभिडबाट निधन भएका ५३ परिवारलाई आर्थिक सहयोग

    स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)का कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । नगरपालिकाले उनीहरुलाई नगद रकम उपलब्ध गराएको हो । नगर कार्यपालिका बैठकको निर्णय अनुसार राहत रकम उपलब्ध गराइएको नगरप्रमुख भुपराज अधिकारीले बताए ।
    २०७८ असार २३ देखि पुस ४ सम्म कोरोना भाइरस (कोभिड १९)बाट निधन भएका ५३ जनाका परिवारलाई प्रति परिवार २५ हजारका दरले १३ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । अस्पतालको रिपोर्ट तथा वडा कार्यालयको सिफारिसका आधारमा रकम उपलब्ध गराइएको हो । ‘कोरोना भाइरसका कारण निधन भएका परिवारलाई थोरै भए पनि क्रिया खर्च वापतको रकम उपलब्ध गराइएको हो’ उनले भने । कोभिड–१९ को रोकथाममा नगरपालिका लागि परिरहेको अवस्थामा पनि केही व्यक्तिको निधन भएकाले परिवारलाई सहयोग गरिएको उनले बताएका छन् । उनीहरुका परिवारका सदस्यलाई नगरपालिकाले रोजागारीका लागि उच्च प्राथमिकता दिने समेत नगरप्रमुख अधिकारीले बताए ।

  • बालबालिकाले अधिकारसँगै कर्तव्य र जिम्मेवारी बोध गर्नुपर्छ

    बालबालिकाले अधिकारसँगै कर्तव्य र जिम्मेवारी बोध गर्नुपर्छ

    अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी बोधमा ह्रास आउन सक्ने हुनाले सो तर्फ बालबालिकाहरुले ध्यान दिनुपर्नेमा सरोकारवालाले बताएका छन् ।
    जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती नगरपालिका-१७ को संयुक्त आयोजनामा आज सम्पन्न भएको वडास्तरीय बालक्लवका पदाधिकारीलाई तालिम कार्यक्रममा बोल्ने जनप्रतिनिधी र अन्य सरोकारवालाहले सो बताएका हुन ।


    कावासोती नगरपालिका-१७ का वडाअध्यक्ष छविलाल महत्तोले बालबालिकाको अधिकार संरक्षण र सम्बद्वनमा नगर र वडाले बालमैत्री स्थानीय शासनको लागि पहल गरी राखेको र त्यसको प्रबद्धनको लागि बालबालिका लक्षित विभिन्न कार्यक्रम समेत सञ्चालन गरि राखेको बताए ।
    उनले बालबालिकाले पनि आफ्ना हक अधिकार प्राप्ती सँगै जिम्मेवारी र कर्तव्यमा समेत ध्यान दिनुपर्ने र तालिमबाट सिकेका विषय सही रुपमा कार्यान्वयनको लागि अनुरोध गरे ।
    वडा सदस्य गिता विकले बालबालिकाले आफ्नो हक अधिकार प्राप्तीको लागि समुहमा बसेर काम गर्नुपर्ने र सोही अनुसार नै योजनाहरु निर्माण गरेर अगाडी बढ्नको लागि र आफ्नो तर्फबाट सदैव सहयोग हुनेमा जोड दिईन् ।
    किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत कावासोती नगरका सवै वडामा गठन भएका वडास्तरीय बालक्लव सञ्जालका पदाधिकारी र अन्य बालबालिकाको क्षमता अभिबृद्धीको लागि तालिम सञ्चालन गर्दै अाएकाे आयोजक संस्थाका राधादेवी बोटेले बताइन ।
    तालिममा बालअधिकारको ऐतिहासिक पृष्ठभुमी, नेपालको संविधानमा बालअधिकार र यसको अवस्था, किशोरकिशोरीका सवालहरु, बालमैत्री स्थानीय शासनको बारेमा सेसन सञ्चालन गरिएको सहजकर्ता आशा विकले बताइन् ।
    तालिममा सहभागी मध्ये सरस्वती पराजुलीले यसरी बेला बेलामा तालिम सञ्चालन गर्ने हो भने बालबालिकाले नयाँ विषयसँगै बालमैत्री अभियान र किशोरीमैत्री बाताबरणको लागि सहयोग पुग्ने हुनाले नियमित रुपमा सञ्चालनको लागि अनुरोध गरिन् ।
    तालिममा वडास्तरीय बालसञ्जालका पदाधिकारी र अन्य विभिन्न टोल र विद्यालयमा रहेका बालक्लवका प्रतिनिधी गरी ४५ जनाको सहभागिता रहेको थियो ।

  • दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैनः मुख्यमन्त्री

    दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव नहुने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बताएका छन् । लामोसमयको अवरोधपछि दुम्कीबास त्रिवेणी सडकखण्ड खुल्न लागेको भन्दै यसले नवलपुर मात्र नभई समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने उनले बताएका छन् । शुक्रबार विनयी त्रिवेणी गाउ“पालिकामा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार स्थापनादेखि नै उक्त मार्ग खोल्न प्रयास भए पनि अहिले आएर प्रक्रिया अगाडि बढेको सुनाए ।
    संघको वन तथा वातावरण मन्त्रालयमा माघ १७ मा मुख्यमन्त्री आफै पुगेर पहल गरेपछि फाइल अगाडि बढेको थियो । डिपिआरको काम सुरु भइहाल्ने बताउदै उनले निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले युनेस्कोले पनि छिटै यसको निकास दिने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन । चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहा“ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।
    मुख्यमन्त्रीले दुम्किबासदेखि त्रिवेणी जोड्न बाटोको लागि रकमका लागि कुनै अभाव नहुने पनि बताए । उनले भने, ‘प्रदेशले पनि यसका लागि बजेटको प्रबन्ध गर्छ, संघ सरकारले पनि यसका लागि पर्याप्त बजेट छ भनेको छ, तपाईंहरु अब ढुक्क हुनुहोस’ उनले भने । यो खर्चिलो भए पनि बहुवर्षेमा लगेर काम हुने उनले बताए । मुख्यमन्त्रीसहित अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, प्रमुख सचिव रवीलाल पन्थ, अर्थ सचिव वैकुन्ठ अर्यालसहितको टोलीले दुम्कीवास त्रिवेणी खण्डको बाटो अवलोकन गरेका छन् ।
    अवलोकनपछि गाउँपालिकाका कार्यालयमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष डम्बरबहादुर जिसीले उत्तरमा पाल्पादेखि दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिका विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गरे । सबैभन्दा ठूलो समस्या निकुन्ज क्षेत्रको बाटो नखुल्नु रहेकोमा अब त्यसको निकास निस्केकोमा उनले खुसी व्यक्त गरे । बाटो नखुल्दा त्रिवेणी क्षेत्रका पालिकाका २ वडाका बासिन्दा प्रदेश नम्बर ५ हुदै पालिका केन्द्रमा आउनुपर्ने वाध्यता अब छिटै अन्त्य हुने विश्वास उनले व्यक्त गरे ।

  • ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

    ज्यान मार्ने उद्योगका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

    ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ का ५० वर्षिय शंकर सुवेदीलाई प्रहरीले बुधबार आफ्नै घरबाट पक्राउ गरेको हो । सुवेदी गाउँघरमै लुकीछिपी बस्दै आएका थिए । फरार रहेको २० वर्ष १० महिना ३ दिनपछि सुराकीको आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    जिल्ला प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीका अनुसार विहीबार आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गराइएको र अदालतले कैद सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरेको छ । प्रहरीका अनुसार सुवेदीले २०५३ वैशाख २ मा स्थानीय बलबहादुर बोगटीलाई वियरको बोत्तलले टाउकोमा हानी घाइते भएका थिए । बोगटीलाई घाइते बनाएपछि उनले घरको केही रकमसमेत चोरी गरेको भनी बोगटीले प्रहरीमा ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दिएका थिए ।
    मुद्दा प्रहरीकोबाट जिल्ला अदालत पुगेको थियो । अदालतले तत्कालीन समयमा धरौटीमा छाडेको हुन सक्ने आकंलन डीएसपी अधिकारीको छ । उनले पुराना मिसिल नभएका कारण मुद्दाको पुरा विवरण पनि नभएको बताए । उनका अनुसार मुद्दा ज्यान मार्ने उद्योगबाट कुटपिट तिर गएको हुन सक्ने भएकाले धरौटीमा छाडेको आंकलन हाम्रो छ । अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालत पोखरामा रिट पर्यो । तत्कालीन पुनरावेदन अदालतले २०५८ वैशाख २ मा ५ वर्ष कैद सजाय तोकेको थियो । त्यसपछि सुवेदी पुन सर्वोच्च अदालत गए । तर, सर्वोच्चले पनि पुनरावेदनकै फैसला सदर गरिदियो । अदालतको फैसलापछि सुवेदी हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
    प्रहरी कार्यालयका मुद्दा प्रमुख प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले २०५३ को भएकाले प्रहरी कार्यालयमा पुराना मुद्दाको फाइल नै नभएको बताए । ‘हामीसंग २०५८ भन्दा अघिका फाइल छैनन’ उनले भने, ‘पुराना मुद्दाको विवरण नहुदाँ अनुसन्धानमा धेरै समस्या भएको छ ।’ २०५८ मा तत्कालीन माओवादीले जिल्ला प्रहरी कार्यालय आक्रमण गर्दा मुद्दाका सवै कागजातहरु जलाएर नष्ट गरेको थियो ।

  • विन्ध्यवासिनीको रक्तदानमा १०५ युनिट रगत संकलन

    पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमवाट १ सय ५ युनिट रगत संकलन भएको छ ।
    विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा १४ जना महिला र ९१ जना पुरुषले रक्तदान गरेको उप समितिका सदस्य दिनेश शर्माले जनाए । कार्यक्रमको पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले पहिलो रक्तदाता विद्यालयका पुर्व प्रध्यानाध्यापक खिमलाल अधिकारीलाई व्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरे ।