अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश समिति गठन गरिएको छ । शनिवार पोखराको लेकसाइडस्थित वरपीपल रिर्सोटमा भएको बाग्मती सम्मेलनले गण्डकी समिति गठन गरेको हो । यसअघि टान गण्डकी प्रदेशका अध्यक्ष कृष्ण आचार्यको संयोजकत्वमा गठन गरिएको थियो ।
गुरुङ वरपिपल रिसोर्टका संचालक हुन् । जीतु गुरुङको अध्यक्षतामा १९ सदस्य रहने गरि समिति गठन भएको हो । नेतृत्व समाल्दै अध्यक्ष गुरूङले आफ्नो कार्यकाल पहिलो भएकाले पनि सम्झन लायक हुने गरि काम गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी, समितिको बरिस्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ती श्रेष्ठ, सचिव चिरञ्जीवी गौतम, सहसचिवमा राजकुमार सुनार, कोषाध्यक्षमा कोषराज पौडेल र सहकोषाध्यक्षमा रूद्र रेग्मी चयन भएमा छन् । टान गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिईएको छ ।
गाँजा खेतीलाई व्यावसायिकरुपमा अघि सार्नुपर्छ – मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँझो जमिनको सदुपयोग गर्दै गाँजा खेतीलाई व्यावसायिकरूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ बाग्मतीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भाङ खेतीलाई बहुपयोगी बालीका रूपमा अघि बढाउन जोड दिए ।
‘बागलुङमा भाङको उत्पादन बढी हुन्छ, तर अब प्रदेशभर नै यसको व्यवस्थित खेती गर्न सकिन्छ’ उनले भने । उनका अनुसार भाङबाट औषधि उत्पादन गरेर विदेशमा निर्यात गर्न सकिने सम्भावना छ । मुख्यमन्त्री पाण्डेले भने, ‘गाँजा दुरुपयोगको सम्भावना भएकाले कडा कानुनी व्यवस्थासहित अघि बढ्नुपर्छ । अहिले कानुन बनाउने प्रक्रिया रोकिएको छ, तर अब अवसरलाई सदुपयोग गर्नुपर्छ ।’
उनले प्रदेश सरकारले घरेलु रक्सीलाई पनि ब्रान्डिङ गर्ने दिशामा काम गरिरहेको जानकारी दिए । कार्यक्रममा उनले गण्डकी प्रदेशमा छिट्टै लगानी सम्मेलन आयोजना गरिने जानकारी गराउँदै विदेशमा रहेका नेपाली उद्यमीहरूलाई राइड सेयरिङलगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि प्रदेशस्तरमा आकर्षक गन्तव्य विकास गर्नुपर्नेमा जोड दिए । ‘नेपालमा धेरै सम्भावना छन्, यिनको व्यवस्थापन र प्रवर्द्धनका लागि सरकारको सक्रिय भूमिका आवश्यक छ’ उनले भने ।