अवैध नदीजन्य पदार्थ ओसारपसार गरेको ट्याक्टर प्रहरीको नियन्त्राणमा

Share this post :

Facebook
Twitter
WhatsApp

पुतलीबजार नगरपालिका–२ अरौदीखोलाको किनारबाट अवैधरुपमा नदिजन्य पदार्थ ओसारपसार भइरहेको सूचनाको आधारमा स्याङ्जा प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । सोमबार साँझ प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको टोलीले पक्राउ गरेको हो । अरौदीखोलाले बगाई ल्याएको गिट्टी लोड गरी लैजाने क्रममा ग १ त ४७९३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाहीको लागि प्रक्रिया थालिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी प्रशन्नराज चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *