यहाँकाे पुतलीबजार नगरपालिका-१३ बगालथाेकस्थित आँधीखोलामा पानीकाे वहाव बढेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्थानीयबासीलाई सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।
पुतलीबजार नगरपालिका ११ र १३ नम्बर वडा जाेड्ने माेटरेबल (बोर्लाङ्) पुल माथिबाट पानी बग्न थालेपछि स्थानीयबासीलाई सचेत रहन प्रहरीले सूचना दिएकाे हाे । जल तथा मौसम विज्ञान विभागले पनि जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।
Post Views: 7