आजको मौसम : साधारणतया बदली रहने

Share this post :

Facebook
Twitter
WhatsApp

आज देशभर साधारणतयार बदली रहने बताइको छ । गण्डकी, बागमती र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यतिबेला देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *