ई. सुजित घिमिरेको मौलिक लोकदोहोरी गित “शिसा झ्यालैमा“ सार्बजनिक

Share this post :

Facebook
Twitter
WhatsApp

इन्जिनियर सुजित घिमिरेको मौलिक लोकदोहोरी गित “शिसा झ्यालैमा” सार्वजानिक भएको छ । घिमिरेसंगै यस गितमा गायिका देवी घर्ति र दिनेश क्षेत्रीले स्वर दिएका छन् ।
लोक दोहोरीमा विशेस पहिचान झल्किएको मौलिक गित “शिसा झ्यालैमा“ यही जेठ १९ गते दिनेश क्षेत्री युट्युब च्यानलबाट रिलिज भएको छ । लोक दोहोरी क्षेत्रमा १५ बर्ष भन्दा बढी व्यतित गरिसकेका कलाकार दिनेश क्षेत्रीको लय तथा शब्द संकलन रहेको गित मुख्य गरि गण्डकी प्रदेशभित्र प्रचलित झ्याउरे लयमा आधारित छ ।

सो गित मारुनी डिजिटल रेकर्डिङ स्टुडियामा रेकर्डिङ गरिएको थियो भने कुमार रानाले मिक्सिंगको काम गरेका थिए । गीतमा चर्चित डाइरेक्टर राजकुमार मगरको निर्देशन मा कलाकार एलिना रायमाझी र रायन बस्यालले नृत्य गरेका छन् ।
सुजित घिमिरे पेशाले इन्जिनियर हुन् । उनी बिगत सात बर्षदेखि नेपाल बिधुत प्राधिकरणमा सिभिल इन्जिनियरको रुपमा कार्यरत छन् । गण्डकी प्रदेश मध्यनेपाल नगरपालिका–७ करापुटार चिसंकुमा जन्मिएका घिमिरे आफ्नो क्षेत्र प्राबिधिक भए पनि सानै उमेरदेखि लोकदोहोरीप्रति असाध्यै रुची भएको बताउछन् ।

उनी भन्छन, ‘आफ्नो गाउँमा साँझमा चराहरु बास बस्दा होस्, मौरी भुन्भुनाउदा होस्, खोला छहरा छ्यांग छ्यांग गर्दा होस् लोक दोहोरीकै भाकामा आबाज निकाले जस्तो महसुस हुन्छ ।’ उनले लोक सस्कृतिमा केहि विकृति भित्रिएको बर्तमान समयमा नेपाली लोक सँस्कृतिलाइ जोगाइराख्न मौलिकता झल्किनी झ्याउरे भाकाको गित रिलिज गर्न पाउदा आफुलाई खुशी लागेको घिमिरे बताउँछन् ।
गायकं घिमिरे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *