जिल्ला प्रहरी कार्यालय कास्कीले एक आर्थिक वर्षमा ८०४ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी कार्यालयबाट सादा पाेषाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे । आर्थिक वर्ष २०८१-८२ मा जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ८०४ जना फरार प्रतिवादी पक्राउ गरि अदालतमा हाजिर गराई कैद सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएकाे जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पक्राउ परेकामध्ये ६०४ जना पुरूष रहेका छन् भने, महिला २ सय जना रहेका छन् । उनीहरूबाट ६१ वर्ष २ महिना १५ दिन कैद सजाय र १० कराेड १२ लाख १ हजार ३ सय ७१ रुपैँया जरिवाना असुल हुने डीएसपी बस्नेतले जनाए ।
Post Views: 51